News Portal

डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

हिमाली संचार संवाददाता
६८६ पटक

ऋचा अर्याल
काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् ।

संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत राख्दै आएका छन् ।

डा. केसीले भने आफूसँग भएको सहमतिअनुसार नै विधेयक पास हुनुपर्ने भन्दै १६ औं अनसन बस्ने चेतवनी दिएका छन् ।

तर, अब अनसन बस्दा विगतमा जस्तो पूर्वजानकारी नदिइने उनले बताए । अनसनको अन्तिम चरणमा सरकारले ब्याकमेलिङ गरेर सम्झौता गर्ने र अनसन बिथोल्ने काम मात्र गरेको भन्दै डा. केसीले भने, ‘उनीहरुले पटकपटक मेरो अनसन बिथोल्ने प्रयास गरेका कारण पनि यस पटक नभनी बस्ने निर्णयमा पुगेको हुँ ।’

‘१६ औं पटकको अनसन बस्दा कसैलाई थाहा नदिई बस्ने मात्र होइन, कुन ठाउँमा बस्ने भन्ने समेत कसैलाई पत्तो नदिने निर्णय गरेको छु ।’

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...