News Portal

तालिबान लडाकु अफगानिस्तानको काबुल छिर्‍यो

“जलालावाद शहर कब्जा गरेपछि काबुल प्रवेश गरेका हुन”

हिमालीसंचार संवाददाता
५२१ पटक

ऐजेन्सी – अफगानिस्तानको राजधानी शहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु विना लडाई शान्तिपूर्ण रुपमा आज प्रवेश गरेका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु शहर प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले शहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरिरहेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै, नेटोका अधिकारीले युरोपेली संघा ईयू’का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो । एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...