News Portal

तालिबान लडाकु अफगानिस्तानको काबुल छिर्‍यो

“जलालावाद शहर कब्जा गरेपछि काबुल प्रवेश गरेका हुन”

हिमालीसंचार संवाददाता
५५६ पटक

ऐजेन्सी – अफगानिस्तानको राजधानी शहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु विना लडाई शान्तिपूर्ण रुपमा आज प्रवेश गरेका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु शहर प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले शहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरिरहेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै, नेटोका अधिकारीले युरोपेली संघा ईयू’का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो । एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...