News Portal

  • तपाईंको राशिफल : आज २०७५ साल असोज १३ गते शनिवार

    हिमाली संचार संवाददाता
    ६४६ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुन सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पुनर्मिलनको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आँटेको र ताकेको कार्य पुरा होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    सामान हराउने वा चोरी हुने भयछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सरकारी निकायबाट सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सफलयात्रा हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्था बाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा हुन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    नसोचेको ठाउँबाट धनागम हुनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    कार्य सम्पादनमा सहजता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...

    रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

    काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग...

    उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

    उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ...

    गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

    पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि...