News Portal

  • गजल

    हिमालीसंचार संवाददाता
    ७६८ पटक

    रेट्दै जाउ मेरो दिल अझै कति रेट्न सक्छौ
    खोतल्दै जाउ गल्तिहरु अझै कति भेट्न सक्छौ

    आफू भन्दा धेरै माया तिमिलाई गर्नु गल्ती थियो
    टेक अझै मुटु माथी कति सम्म टेक्न सक्छौ

    तिम्रो गल्ती नखोतल्दै मेरो सामु आउँछ आफै
    सुर्य छेकी हत्केलाले आखिर कति छेक्न सक्छौ

    पक्कै पाप लाग्छ हेर मेरो माया सत्य हुँदा
    कुनै दिन मेरो नाम त्यो दिलमा लेख्न सक्छौ

    सिमा नाघ्यो धैर्यताले सहनलाई सक्दिन म
    अब तिमिले अन्तिम पटक मेरो लास देख्न सक्छौ।

    रेणु शाह ठकुरी
    – चितवन, नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...