News Portal

रंगेलीको सिसि क्यामेरा अझै मर्मत भएको छैन

हिमालीसंचार संवाददाता
३१४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।

नगरपालीकाले नगरको परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा    डाईनिया जाने बाटोको माेरिया पुल र भन्सार छेउमा जडान गरेको   सि.सि.क्यामेरा  सन्चालनमा  ल्याएको थियो । 

नगरले  बजार तथा आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्य ले जडान गरिएको सिसि क्यामरा सन्चालनमा नआउदा अपराधिक गतिविधिको निगरानी प्रहरीद्वारा निगरानी हुन भने सकेको छैन। हुलाकी सडक निर्माणकार्य गर्ने का लागि बिधुत पाेल ठाउँ सार्ने कार्य भएको एक महिना बितिसक्दा समेत सिसि क्यामरा भने सन्चालनमा ल्याउन सकेको छैन । 

भाेटुवाबु चाेक, भन्सार टाेलमा समेत रहेको सिसि क्यामरा सात महिनादेखि बिग्रिएकाे अवस्थामा रहेको छ । नगरकाे सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामराको सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ । 

ईलाका प्रहरी  कार्यालय रंगेलीको संचार शाखामा हार्ड डिक्स र  मनिटर  जडान गरेेेर  संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको थियो । नगरपालिका मा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अहिले नगरभित्र ४० स्थान भन्दा बडि ठाउँमा  सिसि क्यामरा जडानका लागि फाईवर बिछ्याउने कार्य भईरहेकाे र अब चाडै सिसि क्यामरा जडान हुने समेत बताए । 

नगरपालिकाले संन्सारी माई स्थित चिस्याङ खाेला , दर्वेशा काे बक्राह पुल, मधुवनि चाेक र पिपल चाेक चाेप्राह बाेडर लगायत का स्थान हरुमा थप सिसि क्यामरा जडान गरिने र प्रहरीलाई समेत अपराधीहरुलाई निगरानी गर्ने अझै सहज हुने स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस्

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...