News Portal

रंगेलीको सिसि क्यामेरा अझै मर्मत भएको छैन

हिमालीसंचार संवाददाता
३५२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।

नगरपालीकाले नगरको परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा    डाईनिया जाने बाटोको माेरिया पुल र भन्सार छेउमा जडान गरेको   सि.सि.क्यामेरा  सन्चालनमा  ल्याएको थियो । 

नगरले  बजार तथा आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्य ले जडान गरिएको सिसि क्यामरा सन्चालनमा नआउदा अपराधिक गतिविधिको निगरानी प्रहरीद्वारा निगरानी हुन भने सकेको छैन। हुलाकी सडक निर्माणकार्य गर्ने का लागि बिधुत पाेल ठाउँ सार्ने कार्य भएको एक महिना बितिसक्दा समेत सिसि क्यामरा भने सन्चालनमा ल्याउन सकेको छैन । 

भाेटुवाबु चाेक, भन्सार टाेलमा समेत रहेको सिसि क्यामरा सात महिनादेखि बिग्रिएकाे अवस्थामा रहेको छ । नगरकाे सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामराको सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ । 

ईलाका प्रहरी  कार्यालय रंगेलीको संचार शाखामा हार्ड डिक्स र  मनिटर  जडान गरेेेर  संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको थियो । नगरपालिका मा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अहिले नगरभित्र ४० स्थान भन्दा बडि ठाउँमा  सिसि क्यामरा जडानका लागि फाईवर बिछ्याउने कार्य भईरहेकाे र अब चाडै सिसि क्यामरा जडान हुने समेत बताए । 

नगरपालिकाले संन्सारी माई स्थित चिस्याङ खाेला , दर्वेशा काे बक्राह पुल, मधुवनि चाेक र पिपल चाेक चाेप्राह बाेडर लगायत का स्थान हरुमा थप सिसि क्यामरा जडान गरिने र प्रहरीलाई समेत अपराधीहरुलाई निगरानी गर्ने अझै सहज हुने स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...