News Portal

सुनसरीको ईनरुवा बसपार्कबाट कारमा सवार ५ जना युवा ब्राउन सुगरसहित पक्राउ

हिमालीसंचार संवाददाता
३५४ पटक

ईनरुवा – सुनसरीको पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा नगरपालिका वडा नं. ४ स्थित ईनरुवा बसपार्क हुदै कारमा सवार ४ जना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उक्त कारमा सवार हनुमाननगर कंकालिनी वडा नं. १४ सप्तरीका २० बर्षीय अमोद कुमार यादव, तिलाठी कोलारी वडा नं. ४ सप्तरीका २० बर्षीय ईनर कुमार मुखिया, रामपुर मलहनिया वडा नं.  १४ सप्तरीका २४ बर्षीय बिनोद कुमार कामत, तिलाठी कोलारी  वडा नं. ४ सप्तरीका १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी वडा नं. ४ बस्ने २२ बर्षीय फुल कुमार मुखिया प्रक्राउ परेका हुन् । 

कारमा सवार चार जना युवाहरुलाई हिजो राती करिब ८ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीको प्रहरी टोलीले बसपार्क हुदै पुर्वतर्फ जादै गरेको बा १४ च ६१४५ नम्बरको कारसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार रोकेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । प्रहरीका अनुसार १३० ग्राम फेला ब्राउन सुगर वरामद भएको छ । पाँच जनालाई कारसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...