News Portal

कर्मचारीको बढेकाे तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, परराष्ट्रका ३ उपसचिवको बढुवा

हिमालीसंचार संवाददाता
४८० पटक

काठमाडौँ।
सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यी हुन् मन्त्रिपरिषदका निर्णयः 

१) हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषदमा प्रशासन समितिमा पठाइने भएको छ।

२) सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।

३) विशेष आर्थिक क्षेत्र पहिलो नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाउने।

४) माथिल्लो त्रिशूली जलविद्युत आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयाेजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने।

५) परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने।

६) सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने।

७) नेपाल कृषि तथा वन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...