News Portal

गोरखामा छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

हिमालीसंचार संवाददाता
४४६ पटक

नरहरि सापकोटा, गोरखा।
छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ परेका छन्। गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।

पटकपटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी ११ वर्षीया बालिका गत असार २७ गते थापाथली अस्पतालमा उपचार गराउन पुगिन्। सो क्रममा फुपूसमक्ष उनले आफूलाई बाबु र काकाले बलात्कार गर्दा बिरामी भएको बताएपछि प्रहरीसम्म उजुरी आईपुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

श्रीमतीले दोस्रो बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबरजस्ती करणी गर्ने गरेको उपचारको क्रममा बालिकाले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताईन।

छोरीलाई बलात्कार गरेको आरोपमा फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना बाहिर आएको डिएसपी दाहालले बताए। सोही जाहेरीको आधारमा प्रहरीले गत शुक्रबार आरोपित दुबै जनालाई पक्राउ गरेको छ। उनीहरु विरुद्ध जबरजस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...