News Portal

  • गैरआवासीय नेपाली संघ कुवेतकाे पहिलाे बैठकद्वारा  चार उपसमिति गठन

    हिमालीसंचार संवाददाता
    ३७४ पटक

    कुवेत एनसीसी कुवेतकाे नयाँ कार्यसमितिद्वारा उपसमितिहरु गठन
    गैरआवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३  कार्यसमितिकाे पहिलो बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको छ मनोनित तथा उपसमितिहरु गठन(प्रथम बैठक ५-अगस्ट):

    गैर आवासीय नेपाली संघ कुवेतको पहिलो बैठकले निम्न चार उपसमितिहरु गठन गरेको छ।
    १. गैर आवासीय नेपाली संघ कुवेतले कुटनैतिक सहयोग र दूतावास संग सहकार्यको लागि अध्यक्ष रणध्वोज लामाको संयोजकत्वमा ५ सदस्यीय “Co-ordination Committee” बनाएको छ। जसमा रणध्वोज लामा, दिलकुमार पाख्रीन, रमिता योन्जन, मनिष केसि र सुर्य लामा रहेका छन्। यस कमिटिले कुवेत भित्रका नेपाली श्रमिकहरुबाट NRNA मा आएका समस्याहरुलाई हल गर्न नेपाली दूतावास संग समन्वय र सहकार्य गरी समस्याको हल गर्नेछ।

    २. उपाध्यक्ष माधब शाहिको संयोजकत्वमा “Spot Reporting Committee” बनाइएको छ। यसमा माधब शाही, जीवन बिक, नबराज पराजुली, जयनारायण थारु र सजिना गुरुङ रहेका छन्। यो समितिले संस्थामा उद्दार तथा सहयोगका लागि आएका निवेदनहरुलाई सम्बन्धित ब्यक्ति वा समुहलाई प्रत्यक्ष भेटेर समस्या बारे Spot Reporting गर्नेछ। त्यो रिपोर्टिङको आधारमा मुल कार्यसमितिले सहयोग गर्नेछ। यदि समस्या हल गर्न कुटनैतिक सहयोग चाहिएमा Co-ordination Committee ले नेपाली दूतावास संग समन्वय गर्नेछ।

    ३. उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा “Fund Raising Committee” पनि निर्माण गरेको छ। जसमा उमेश पुडासैनी, मोहन राई, रेशम लामा, दामोदर बटाला र आङ नोर्बु शेर्पा रहेका छन्। यस समितिले कुवेतमा वा नेपालमा कुनै पनि प्राकृतिक प्रकोप वा भइपरी आउने समस्यामा आर्थिक संकलन गर्नुपरेको खण्डमा आर्थिक संकलन सुरु गर्नेछ।

    ४. NRNA कुवेतका २००१ जना पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउने उदेश्य सहित Committee निर्माण गरेको छ। जसमा प्रवक्ता केशर घलान तामाङको संयोजकत्वमा विजय धामी र माधब शाही गरि तीन सदस्यीय समिति बनेको छ। यस समितिले भने पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउन विभिन्न कम्पनी, सुपरमार्केट, रेस्टुरेन्ट, एक्सचेञ्ज तथा एयरवेज कम्पनिमा भिजिट गरी सहुलियत दिलाउने कामहरु गर्नेछ।

    साथै सम्पन्न उक्त बैठकले संरक्षक, सल्लाहकार, प्रवक्ता तथा ५ जना सदस्यहरु समेत मनोनित गरेको छ। संरक्षकमा राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्रदेवी पौड्यल र सुजन केसि रहेका छन भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार अमित राई, सल्लाहकारहरुमा आनन्द आचार्य, गणेश रावत, लोमस बास्तोला र नैनाकला राई रहेका छन। प्रवक्तामा केशर घलान तामाङ मनोनित भएको छ भने सदस्यहरुमा मोहन राई, श्रवण गाह मगर, हेमराज भन्डारी, भुपेन्द्र शारु मगर र कृष्ण घिमिरे मनोनित भएका छन।

    बैठकले, राहत कोष संग सम्बन्धि समिति र त्यसको ब्यबस्थापन बारेमा अर्को बैठकमा निर्णय गर्ने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...