News Portal

गैरआवासीय नेपाली संघ कुवेतकाे पहिलाे बैठकद्वारा  चार उपसमिति गठन

हिमालीसंचार संवाददाता
४२४ पटक

कुवेत एनसीसी कुवेतकाे नयाँ कार्यसमितिद्वारा उपसमितिहरु गठन
गैरआवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३  कार्यसमितिकाे पहिलो बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको छ मनोनित तथा उपसमितिहरु गठन(प्रथम बैठक ५-अगस्ट):

गैर आवासीय नेपाली संघ कुवेतको पहिलो बैठकले निम्न चार उपसमितिहरु गठन गरेको छ।
१. गैर आवासीय नेपाली संघ कुवेतले कुटनैतिक सहयोग र दूतावास संग सहकार्यको लागि अध्यक्ष रणध्वोज लामाको संयोजकत्वमा ५ सदस्यीय “Co-ordination Committee” बनाएको छ। जसमा रणध्वोज लामा, दिलकुमार पाख्रीन, रमिता योन्जन, मनिष केसि र सुर्य लामा रहेका छन्। यस कमिटिले कुवेत भित्रका नेपाली श्रमिकहरुबाट NRNA मा आएका समस्याहरुलाई हल गर्न नेपाली दूतावास संग समन्वय र सहकार्य गरी समस्याको हल गर्नेछ।

२. उपाध्यक्ष माधब शाहिको संयोजकत्वमा “Spot Reporting Committee” बनाइएको छ। यसमा माधब शाही, जीवन बिक, नबराज पराजुली, जयनारायण थारु र सजिना गुरुङ रहेका छन्। यो समितिले संस्थामा उद्दार तथा सहयोगका लागि आएका निवेदनहरुलाई सम्बन्धित ब्यक्ति वा समुहलाई प्रत्यक्ष भेटेर समस्या बारे Spot Reporting गर्नेछ। त्यो रिपोर्टिङको आधारमा मुल कार्यसमितिले सहयोग गर्नेछ। यदि समस्या हल गर्न कुटनैतिक सहयोग चाहिएमा Co-ordination Committee ले नेपाली दूतावास संग समन्वय गर्नेछ।

३. उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा “Fund Raising Committee” पनि निर्माण गरेको छ। जसमा उमेश पुडासैनी, मोहन राई, रेशम लामा, दामोदर बटाला र आङ नोर्बु शेर्पा रहेका छन्। यस समितिले कुवेतमा वा नेपालमा कुनै पनि प्राकृतिक प्रकोप वा भइपरी आउने समस्यामा आर्थिक संकलन गर्नुपरेको खण्डमा आर्थिक संकलन सुरु गर्नेछ।

४. NRNA कुवेतका २००१ जना पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउने उदेश्य सहित Committee निर्माण गरेको छ। जसमा प्रवक्ता केशर घलान तामाङको संयोजकत्वमा विजय धामी र माधब शाही गरि तीन सदस्यीय समिति बनेको छ। यस समितिले भने पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउन विभिन्न कम्पनी, सुपरमार्केट, रेस्टुरेन्ट, एक्सचेञ्ज तथा एयरवेज कम्पनिमा भिजिट गरी सहुलियत दिलाउने कामहरु गर्नेछ।

साथै सम्पन्न उक्त बैठकले संरक्षक, सल्लाहकार, प्रवक्ता तथा ५ जना सदस्यहरु समेत मनोनित गरेको छ। संरक्षकमा राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्रदेवी पौड्यल र सुजन केसि रहेका छन भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार अमित राई, सल्लाहकारहरुमा आनन्द आचार्य, गणेश रावत, लोमस बास्तोला र नैनाकला राई रहेका छन। प्रवक्तामा केशर घलान तामाङ मनोनित भएको छ भने सदस्यहरुमा मोहन राई, श्रवण गाह मगर, हेमराज भन्डारी, भुपेन्द्र शारु मगर र कृष्ण घिमिरे मनोनित भएका छन।

बैठकले, राहत कोष संग सम्बन्धि समिति र त्यसको ब्यबस्थापन बारेमा अर्को बैठकमा निर्णय गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...