News Portal

  • गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

    हिमालीसंचार संवाददाता
    ३३२ पटक

    लण्डन – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अध्यक्षमा प्रेम गाहा मगर अत्यधिक मतान्तरले विजयी भएका छन् । अध्यक्षका तीन जना प्रत्यसीहरु मध्ये अत्याधिक मत पाएका मगरले आफ्ना दुई प्रत्यसीलाई पछि पार्दै आगामी सन् २०२१-२०२३ सालको लागि विजयी भएका हुन्।

    अध्यक्षका अन्य दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गर्दे आगमी सन २०२१-२०२३ दुई बर्षे कार्यकालका लागि गाहामगर अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका थिए। त्यस्तै दुई प्रत्यासी दीपक श्रेष्ठले २ हजार १ सय ९१ र रोजिना प्रधान राईले २ हजार १ सय ४८ मत प्राप्त गरेका थिए ।

    त्यस्तै, उपाध्यक्षमा गोविन्द खरेल, रामचन्द्र पोखरेल, नारायण कँडेल, मोहन कार्की, सुनिलबाब खड्का, महिला उपाध्यक्षमा शकुन्तला गुरुङ, महासचिवमा खुशी लिम्बु, सचिवमा विश्व चालिसे, ज्ञानेन्द्र आले, महिला सचिवमा नम्रता घले, कोषाध्यक्षमा विष्णुप्रसाद खरेल, सहकोषाध्यक्ष शसांक शर्मा, महिला संयोजकमा विमला लिम्बु, युवा संयोजकमा तीर्थबहादुर मल्ल त्यसैगरी सदस्यहरुमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा (सपना) खनियाँ, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापामगर, विशाल राई, भानुभक्त घिमिरे, बालकृष्ण दाहाल र भीमलाल खनाल विजयी भएका छन ।

    इङल्याण्ड राज्यसमिति तर्फबाट अध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष भक्तबहादुर दर्जी, सचिव रामप्रसाद पन्थी र सहसचिव सचिन भट्टराई विजयी भएका छन। त्यस्तै, नदर आयरल्याण्ड राज्यसमितिको अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष यामबहादुर रेग्मी सचिव, विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्ष दीलिपकुमार आचार्य विजयी भएका छन ।

    स्कटल्याण्ड राज्यपरिषद समितिको अध्यक्ष काशीराम भण्डारी, उपाध्यक्ष उज्वल कार्की, सचिव मनिष खत्री, सहसचिव यशोदा सुमी ओझा भण्डारी , कोषाध्यक्ष सर्मीला भण्डारी र सहकोषाध्यक्ष प्रजापति भण्डारी विजयी भएका छन ।

    वेल्स राज्यसमितिको अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष अमृत घले, सचिव दीपक प्रकास सुब्बा र सहसचिव सञ्जीव मैनाली विजयी भएका छन ।

    गुल्मी जिल्लाको तमघास जन्म भएका गाहा मगर २६ बर्षदेखि बेलायत बस्दै आएका छन । लामो समयदेखि समाजसेवा र एनआरएनए अभियानमा क्रियाशिल गाहा मगरको तमघास र काठमाडौंमा बाल्यकाल वितेको थियो । गाहामगर विस २०४९ सालमा वक्सिङ खेलाडीको रुपमा राष्ट्रिय टिममा सहभागी भएर विभिन्न देशहरुमा नेपाल देशको प्रतिनिधित्व गरेका थिए ।

    सन् १९९६ सालमा बेलायती सेनामा भर्ती भएका गाहा मगर १३ बर्षसम्म सैनिक सेवामा कार्यरत मगर बेलायती सेनामा हुदाँ पनि बक्सिङ खेलाडी रुपमा बेलायतबाट प्रतिनिधित्व गरेका गाहा मगर विश्वका धेरै देशहरुको भ्रमण गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...