News Portal

  • मेयर बेचन दासले कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टा मालिस गर्न लगाएपछि…

    हिमालीसंचार संवाददाता
    ३४२ पटक

    धनुषा।
    देशलाई संघीय प्रणालीमा लगिएपछि स्थानीय तहका जनप्रतिनिधि ‘छोटे राजा’ भएको टिप्पणी भइरहेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिमा सुखसयलमा रमाउने, अहंकार देखाउनेजस्ता सामन्ती स्वभाव देखिएपछि उनीहरूको आलोचना भइरहेको हो। यहीबीच धनुषामा एक नगरपालिकाका प्रमुखले कार्यालयमै कार्यालय सहयोगीलाई आफ्ना खुट्टा मालिस गर्न लगाइरहेको तस्बिर सार्वजनिक भएको छ।

    धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले कार्यकक्षमै कार्यालय सहयोगी करण दासलाई खुट्टा मोल्न लगाएका हुन्। तस्बिरमा मेयर बेचन सोफामा उत्तानो परेका छन् भने कार्यालय सहयोगी करणले उनको गोडा मालिस गरिरहेका छन्।

    यस्तो तस्बिर सार्वजनिक भएपछि मेयर दासको व्यापक आलोचना भइरहेको छ। धनुषमा उनी दलित समुदायबाट निर्वाचित एक्ला पालिका प्रमुख हुन्। तर उनको चालढाल पहिलाका राणा शासकजस्तै देखिएको स्थानीयको आरोप छ। उनको खुट्टा मालिस गर्ने पनि दलित समुदायकै कार्यालय सहयोगी हुन्। नगरप्रमुख दासले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा तल्लो तहका कर्मचारी इन्जिनियर सञ्जीव साहलाई राखेर ४ वर्षदेखि व्यापक अनियमितता गरिरहेको आरोप पनि लगाइएको छ।

    मेयर दासले भने आफू बिरामी परेका बेला कार्यालय सहयोगी भएपनि काकाका छोरा आफ्नै भाइ भएकाले उनलाई खुट्टा थिच्न लगाएको स्पष्टीकरण दिएका छन्। ‘डेढ महिनाअघिको कुरा हो। म कोरोनाविरुद्धको दोस्रो खोप लिएपछि लामो समय बिरामी परेँ। असारमा कार्यालयमा कामको चाप बढ्यो। कार्यालय जानैपर्ने बाध्यता थियो। एक दिन कार्यालयमै झनै बिरामी भएर रिंगटा लाग्न थाल्यो। अत्यन्तै सिकिस्त महसुस भयो। त्यसपछि कार्यालय सहयोगी रहेका मेरा भाइ आफ्नै काकाका छोरा करणलाई बेलाएर अलि खुट्टा दबाइदिन भनेँ,’ मयेर दासले नेपालखबरसँग भने, ‘त्यही तस्बिर कसैले खिचेर मलाई बदनाम गर्न डेढ महिनापछि सार्वजनिक गरदिएका हुन्।’

    उनले कुनै सौखले आफूले कसैलाई खुट्टा मालिस गर्न नलगाएको र बिरामी परेपछि आफ्नो मान्छेको सहारा लिएको दाबी गरे। ‘मलाई मालिस गराउने सौख नै भएको भए अरू कर्मचारीबाट पनि गराउन सक्थेँ। भाइलाई नै किन रोजेँ,’ उनले भने, ‘त्यस्तो हालतमा त जोसुकैले जो सुकैको पनि सहयोग लिन सक्छन् वा, सहयोग गर्न सक्छन्।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...