News Portal

भुटानले पठाएको ३ लाख डोज खोप आज काठमाडौं आइपुग्यो

हिमालीसंचार संवाददाता
६३२ पटक

काठमाडौं – भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९:४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...