News Portal

तस्वीरमा देखिएका यी युवा को हुन् ? उनी के कारण भाइरल भए?

हिमालीसंचार संवाददाता
६६६ पटक

काठमाण्डौ – सिन्धुली कमलामाई नगरपालिका धर भएका वीरबहादुर श्रेष्ठ (सुमन) नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संधका सदस्य हुन्। उनले बोकेका प्लेकार्ड र लगाएको सुनको सिक्रीका कारण सामाजिक संजालमा भाईरल भईरहेका छन्। 

नेपाल सरकारले देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गरेका थिए । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए ।

उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेका कारण पीडितहरूको पक्षमा भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको बताउदै थप भन्छन् “म २/४ तोला सुन लगाउँछु, यो मेरो शोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?” प्रति प्रश्न गरेका छन्।

निधारमा कालो पट्टी बाँधेका उनले ‘जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

उनले बोकेका प्लेकार्ड र उनले लगाएका सुनको सिक्रीका कारण ट्रोल भएका हुन्। उनले घाँटीमा सुनको निकै मोटो सिक्री लगाएका छन् । सुकुम्बासीको जुलसमा सहभागी श्रेष्ठको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि पछिल्लो समय यो तस्वीर सामाजिक संजालमा निकै ट्रोल भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...