News Portal

खोटाङमा ज्वाला राई जिताऔं अभियान सुरु !

हिमालीसंचार संवाददाता
४४५ पटक

खोटाङ – द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङ जिल्लामा सामुहिक अभियान थालिएको छ । नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि ज्वाला राई जिताऔं अभियान थालिएको हो ।

पूर्व भोजपुरका ज्वाला राईको समर्थकको भेलाले एलबि मगरको संयोजकत्वमा १०१ सदस्यीय कमिटी गठन गर्दै ज्वाला राई जिताऔं अभियान जिल्ला समिति गठन गरेर अभियान थालिएको ज्वाला राई जिताऔं अभियान जिल्ला समितिका सह–संयोजकमा उदिम चाम्लिङ र सदस्य सचिवमा प्रतिमा केसी चयन भएका छन् । 

द भ्वइस अफ नेपालको सिजन ३ मा पुगेका ज्वाला संगीतको नक्षेत्र प्रतिभा भएकाले टाइटल जिताउन अभियान थालिएको संयोजक मगरले जानकारी दिए ।

ज्वालालाई भोट दिनका लागि मोबाइलको मेसेज बक्समा गएर ०६ टाइप गरी ३७००० मा एसएमएस पठाउन वा प्रभु पे एप डाउनलोड गरी भोट दिन सकिने ज्वाला राई जिताऔं अभियान जिल्ला समितिले मंगलबार विज्ञाप्ती जारी गर्दै जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...