News Portal

खगेन्द्र गिरि ‘कोपिला’का पाँच मुक्तकहरु

हिमाली संचार संवाददाता
७८० पटक

         मुक्तक – १
जीवनको अनुभव र शिक्षा अझैं बाँकी नै छ
पुर्‍याउन रहर र इच्छा अझैं बाँकी नै छ
किन लर्बरिन्छौ ए मेरा प्रिय कदमहरु !
समयको अग्निपरीक्षा अझैं बाँकी नै छ

         मुक्तक – २
खोतलेर सारा अन्तस्करण लेखौं जस्तो लाग्यो
गरेर हृदय अधिग्रहण लेखौं जस्तो लाग्यो
दुक्ख र पिर जति सबै उद्यापन गरेर आजै
खुसीको कुनै नौलो व्याकरण लेखौं जस्तो लाग्यो

          मुक्तक – ३
मनै मेरो अवस्था हो मनै मेरो पहिचान हो
मनै मेरो अनुभव हो मनै मेरो अनुमान हो
यी प्राप्ति र अभावहरु जे हुन् सारा मन हुन्
मनै मेरो समस्या हो मनै मेरो समाधान हो

          मुक्तक – ४
प्रकृतिको यो प्रातिभ सुरम्य छटा आˆनै हो
आफूसित आफै हराउने नशा आˆनै हो
यी स्मृति विस्मृति समयका सौगात हुन् तर
मनको कलशमा लेखिएको कथा आˆनै हो

          मुक्तक – ५
खुसीको प्रतिबिम्ब र आकार होस् त फूलजस्तो
प्रेमको आभुषण र अलङ्कार होस् त फूलजस्तो
यदि जीवन भन्नु आशाको फुलबारी हो भने
मानिसको प्राञ्जल सपना साकार होस् त फूलजस्तो।।

— खगेन्द्र गिरि ‘कोपिला’
आदर्शमार्ग, वाटरपार्क (नेपालगंज)

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...