News Portal

कुवेतबाट कार्गो गरि पठाएको सामान ७ महिना हुँदासमेत पुगेन नेपाल

हिमालीसंचार संवाददाता
१५९५ पटक

हरि बानियाँ, कुवेत।
के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान ७/८ महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे। फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले समाजिक सञ्जालमा आफूले पठाएको सामनकाे बिलसहित गुनासो पोस्ट गरेको हामीले भेटेका छौं।

दुई पटक कार्गो पीडित र हामी स्वयं बसन्त पुन मगरलाई स्थलगत भेटेका थियौं। भेटघाटकै क्रममा उहाँले १० दिन १५ दिनभित्र म जति पनि सामान छ सबै पठाउँछु भनेर बारम्बार भनुभयाे तर त्यो वास्तविक रुपमा भएन।

यसैबीचमा हामीले बसन्त पुन मगरलाई एक प्रश्न गरेका थियाै, तपाईंले कुवेतमा फेरि पनि कार्गो उठाउँदै हाे ? भनेर भन्दा उहाँले हाे भनेर भन्नुभयो। त्यसपछि उहाँको जवाफ थियो म १ महिनाभित्र सामान पठाइदिन्छु नेपाल भनेर भन्नुभयो।

वास्तविक रुपमा कुवेतदेखि नेपालसम्म पठाउन ३० देखि ४० दिनसम्म लाग्छ तर यहाँ ७/८ महिना हुँदा समेत कार्गो पठाएको सामान नपाउँदा कुवेतबाट नेपाल कार्गो सामान पठाएको व्यक्ति पीडित भएका छन्।

यसबारेमा हामीले नेपालस्थित एक जना कार्गो एजेन्सीलाई टेलिफोन सम्पर्क गरि सोधेका थियौं। उहाँले नाम नबताउने सर्तमा भन्नुभयो बसन्तजीले मलाई काम गरेकाे पैसा समयमा नै नदिएकाे हुनाले ढिला भएकाे र अबदेखि उहाँसंग काम नगर्ने कुरा हिमालीसंचारको टेलिफोन सम्पर्कमा बताउनुभयो। १ सय ५० जना भन्दा माथिको सामान अझै पनि कुवेत रहेकाे जानकारी छ।

अब यस समस्याको समाधान भनेको कार्गो पठाएको सामान सम्बन्धित व्यक्तिलाई सामान र शुल्क दुबै फिर्ता गर्नु  नै उपयुक्त हुन्छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...