News Portal

ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने : अर्थमन्त्री

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै ऋण प्रवाहमा रहेको असमान्ता हटाउने बताएका हुन्।

अर्थमन्त्री शर्माका अनुसार ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ।’  उनले भनेका थिअ। उनले कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रह गरे।

अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए। ‘उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ’, उनले भने ‘त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ।’

उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै अर्थमन्त्री शर्माले सहकारी संस्थाहरूले नाफामा प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...