News Portal

पूर्व माओवादी संसादहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाण्डौ – एमाले प्रवेश गरेर पनि माओवादीको सांसद बन्न माग गर्दै टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा विभाजनपछि ओली सरकारको मन्त्री बनेर एमालेमा गएका उनीहरुलाई माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । माओवादीले गरेको कारवाहीलाई चुनौती दिँदै पूर्वमाओवादी नेता लेखराज भट्टसहित चार पूर्व माओवादीका नेताले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा सुविधा सन्तुलन समेतका दृष्टिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...