News Portal

नेपाल प्रहरीले ६१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित ग’यो

हिमालीसंचार संवाददाता
६०४ पटक

काठमाण्डौ – नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृत सहित ६१ जना प्रहरी अधिकृतहरुलाई एक कार्यक्रमवीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको विस २०७८ साउन १४ गतेको निर्णयअनुसार पदोन्नति गरिएको प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँया देवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णयअनुसार पदोन्नति गरिएको हो।  

प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको हो। 

उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् । 

आफ्नो जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड-१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत भएर काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिको अवसरसम्म पुर्‍याउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

आयोजित समारोहमा प्रहरी नायव महानिरीक्षक सौरभ राणाले पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै पदोन्नतिले हर्ष र गौरव महसुस भएको र प्राप्त नयाँ जिम्मेवारीलाई थप उत्साह, ईमान्दारिता र सुझबुझका साथ उत्कृष्ट रूपमा बहन गर्न आफूहरू प्रतिवद्ध रहेको बताउदै खुशी ब्याक्त गरेका थिए । 

उक्त आयोजित समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...