News Portal

  • बिर्तामोड खोप प्रकरण : आरोपित जनस्वास्थ्य प्रमुख निलम्बित, छानबिन समिति गठन

    “विद्यार्थी सङ्गठनद्वारा बिर्तामोड नगरपालिकामा तालाबन्दी!”

    हिमालीसंचार संवाददाता
    ३०५ पटक

    अविन मावो/झापा – जिल्ला कोभिड खोप व्यवस्थापन समितिले बिर्तामोड खोप प्रकरणका आरोपित जनस्वास्थ्य प्रमुख ओमबहादुर खड्कालाई बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ।

    प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।

    छानबिन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको जनाएको छ । छानबिनमा कुनै प्रभाव नपरोस् भनेर आरोपीलाई निलम्बन गर्ने प्रचलन अनुरूप उनलाई निलम्बन गरिएको हो।

    बैठकले खड्कालाई छानबिनको नटुङ्गिएसम्म खोप सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

    यस अधि स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्धको खोप होटलमा लुकाएको भन्ने आरोप गलत भएको बताएको थियो। बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन खड्कालाई १०३ भाइल भेरोसेल खोपसहित हिजो नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताएका थिए। 

    “बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौँ”, कार्यालय प्रमुख घिमिरेले भने ‘इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरुपमा खोप पठाएका हौँ, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो ।’ उनको गुनासो थियो। 

    उनले खोपअभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले बिर्तामोडको टाइमलेस होटलमै नगरका फोकलपर्सन खड्कालाई खोप बुझाएको जानकारी दिए ।

    नगरपालिका कार्यालयको साटो होटलमा खोप बुझाउनु र बुझ्नु कमजोरी भएको स्वीकार गर्दै प्रमुख घिमिरेले भने– अबदेखि यस्तो गल्ती दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए। 

    हिजो अपराह्न ४ बजेतिर स्थानीय युवाले होटलमा खोप राखिएको विषयमा विवाद गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सो खोप र नगरका स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको थियो ।

    फोकलपर्सन खड्कालाई आज जिल्ला प्रशासन कार्यालयमा छलफलमा उपस्थित हुने सर्तमा घर पठाइएको र प्रहरी नियन्त्रणमा रहेको सो खोपलाई स्वास्थ्य कार्यालयको स्टोरमा राखिएको कार्यालय प्रमुख घिमिरेले बताए । उनका अनुसार झापा जिल्लामा ६३ हजार ५०० भेरोसिल खोप आएको र सबै खोप स्थानीय तहमा पुर्‍याएको बताए ।

    यस्तै, बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो ।

    खड्कालाई प्रहरीले बिना कारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संध झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिका कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

    खडकालाई कारबाहीको माग गर्दै तालाबन्दी गरेपछि नगरपालिका परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

       

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...