News Portal

भारतले पत्र पठाउँदै भन्यो: महाकाली नदीमा नेपाली युवक खसेको घटनामा एसएसबीको संलग्‍नता छैन

हिमालीसंचार संवाददाता
३८२ पटक

दार्चुला – महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय पक्षको हात नरहेको बताएका छन् ।

सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी भारतीय पक्षले गरेको हो । पत्रमार्फत भनेको छ, “गस्कुमा नेपाली लुकछिपी आउने क्रम गस्तीले सुनेको थियो । जयसिंहले तार फुकालेर नेपालको तर्फ फालिरहेका थिए । तार फाल्ने क्रममा अल्झिएर धामी नदीमा वेपत्ता हुन् । यसमा एसएसबीको दोष छैन । तार फाल्ने क्रममै अल्झिएर नदीमा खसेका हुन्,” पत्रमा भनिएको छ ।

वेपत्ता धामीको खोजीको लागि भारतीय एसएसबीको उद्धार दलले काम गरिरहेको पनि भारतीय प्रशासनले जनाएको छ । घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो भए पनि मिडियामा आएजस्तो घटनामा एसएसबीको कुनै संलग्नता नभएको पत्रमा लेखिएको छ ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएका छन् । यस्तै नेपालस्थित जिल्ला प्रशासन कार्यालयले पनि एसएसबीको संलग्नता भन्ने खबरको सत्यता नभएको जनाएको छ । नेपाली प्रशासनले समाचार प्रति ध्यानाकर्षण भएको भन्दै दुई देशबीचको सम्बन्ध खलल पार्ने भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

महाकालीमा बेपत्ता भएका जयसिंह धामीका आफन्तले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन पेश गरी सत्यतथ्य छानविन गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...