News Portal

भारतले पत्र पठाउँदै भन्यो: महाकाली नदीमा नेपाली युवक खसेको घटनामा एसएसबीको संलग्‍नता छैन

हिमालीसंचार संवाददाता
३९६ पटक

दार्चुला – महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय पक्षको हात नरहेको बताएका छन् ।

सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी भारतीय पक्षले गरेको हो । पत्रमार्फत भनेको छ, “गस्कुमा नेपाली लुकछिपी आउने क्रम गस्तीले सुनेको थियो । जयसिंहले तार फुकालेर नेपालको तर्फ फालिरहेका थिए । तार फाल्ने क्रममा अल्झिएर धामी नदीमा वेपत्ता हुन् । यसमा एसएसबीको दोष छैन । तार फाल्ने क्रममै अल्झिएर नदीमा खसेका हुन्,” पत्रमा भनिएको छ ।

वेपत्ता धामीको खोजीको लागि भारतीय एसएसबीको उद्धार दलले काम गरिरहेको पनि भारतीय प्रशासनले जनाएको छ । घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो भए पनि मिडियामा आएजस्तो घटनामा एसएसबीको कुनै संलग्नता नभएको पत्रमा लेखिएको छ ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएका छन् । यस्तै नेपालस्थित जिल्ला प्रशासन कार्यालयले पनि एसएसबीको संलग्नता भन्ने खबरको सत्यता नभएको जनाएको छ । नेपाली प्रशासनले समाचार प्रति ध्यानाकर्षण भएको भन्दै दुई देशबीचको सम्बन्ध खलल पार्ने भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

महाकालीमा बेपत्ता भएका जयसिंह धामीका आफन्तले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन पेश गरी सत्यतथ्य छानविन गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...