News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एमसीसीको विरुद्धमा सडक प्रदर्शन, सडकमा लेखियो “नो एमसीसी!”

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    सुनसरी – मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को विरोध गर्दै राजतन्त्रवादी युवाहरूले आज सडक प्रदर्शन गरेका छन् । ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्ने नाराका साथमा  शनिवार प्रदर्शन भएको हो ।

    पूर्वको इटहरीबाट विराटनगर पुगेको विरोध र्‍यालीले विराटनगर बजार परिक्रमा गरेको थियो । शिव सेनाका मोरङ अध्यक्ष सतिस पोखरेलका अनुसार उक्त विरोध र्‍यालीमा १ हजार युवाहरू सामेल भएका थिए । एमसीसी मार्फत नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै युवाहरुले विरोध जनाइएको उनले बताए ।

    यस अघि इटहरीमा राँके जुलुस निकालेको शिव सेनाले राजमार्ग लगायत भित्री सडकमा पनि नो एमसीसी भन्दै विरोध जनाउँदै आएको छ । यस बिचमा ‘नेपाल बचाउ अभियान’ नामको संस्थाले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो । संस्थाका संयोजक राधेश्याम पौडेलले राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा कार्यान्वयन नहुने तर्क गरेका छन् ।

    शिव सेनाले राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने, हिन्दु राज्य कायम हुनुपर्ने लगायत माग अगाडी सारेको छ । पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली जनता आक्रान्त भएको भन्दै राजतन्त्र प्रति जनमत बढ्न थालेको उनीहरूको बुझाई छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने नभए झन् ठुलो सङ्कट आउने पोखरेल बताउँछन् । पश्चिमाहरूले नेपालीको धर्म र संस्कृति माथि धावा बोलेको उनको आरोप छ ।

    एमसीसी मार्फत अमेरिकाले ५० करोड डलर बराबरको सहयोग नेपाल सरकारलाई सहयोग गर्ने बताएको छ। ट्रान्समिसन लाइन निमार्णको लागि भन्दै नेपाल सरकारले यसको लागि सहमति जनाए पनि एमसीसी सम्झौतामा सांसदबाटै पास हुनुपर्ने प्रावधान भएकोले यो विषय विचाराधीन अवस्थामा रहेको छ । यसको विषयमा चर्को विरोध भइरहेकाले सरकारलाई सोच्न बाध्य परेको छ। 

    पछिल्लो समय एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउने भन्ने बुझाई व्याप्त भएको कारण यसले मुर्त रूप लिन पाएको छैन । उता सरकार भने एमसीसी राष्ट्रवादी मुद्दा बन्दै गएपछि अहिले नै संसद्मा पेस गर्ने पक्षमा देखिँदैन । 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ८, २०८२ (मे २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    राजनैतिक दलहरुले देशलाई मजाक बनाए

    गणतन्त्रका मठाधिशहरुले देशलाई मजाक बनाएका छन्। हरेक कुरामा भागबण्डा गरेर देशलाई बर्वादिको मार्गमा पुर्याइसकेका पार्टिहरु...

    ‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

    काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट...

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी...

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको...