News Portal

एमसीसीको विरुद्धमा सडक प्रदर्शन, सडकमा लेखियो “नो एमसीसी!”

हिमालीसंचार संवाददाता
३२१ पटक

सुनसरी – मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को विरोध गर्दै राजतन्त्रवादी युवाहरूले आज सडक प्रदर्शन गरेका छन् । ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्ने नाराका साथमा  शनिवार प्रदर्शन भएको हो ।

पूर्वको इटहरीबाट विराटनगर पुगेको विरोध र्‍यालीले विराटनगर बजार परिक्रमा गरेको थियो । शिव सेनाका मोरङ अध्यक्ष सतिस पोखरेलका अनुसार उक्त विरोध र्‍यालीमा १ हजार युवाहरू सामेल भएका थिए । एमसीसी मार्फत नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै युवाहरुले विरोध जनाइएको उनले बताए ।

यस अघि इटहरीमा राँके जुलुस निकालेको शिव सेनाले राजमार्ग लगायत भित्री सडकमा पनि नो एमसीसी भन्दै विरोध जनाउँदै आएको छ । यस बिचमा ‘नेपाल बचाउ अभियान’ नामको संस्थाले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो । संस्थाका संयोजक राधेश्याम पौडेलले राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा कार्यान्वयन नहुने तर्क गरेका छन् ।

शिव सेनाले राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने, हिन्दु राज्य कायम हुनुपर्ने लगायत माग अगाडी सारेको छ । पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली जनता आक्रान्त भएको भन्दै राजतन्त्र प्रति जनमत बढ्न थालेको उनीहरूको बुझाई छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने नभए झन् ठुलो सङ्कट आउने पोखरेल बताउँछन् । पश्चिमाहरूले नेपालीको धर्म र संस्कृति माथि धावा बोलेको उनको आरोप छ ।

एमसीसी मार्फत अमेरिकाले ५० करोड डलर बराबरको सहयोग नेपाल सरकारलाई सहयोग गर्ने बताएको छ। ट्रान्समिसन लाइन निमार्णको लागि भन्दै नेपाल सरकारले यसको लागि सहमति जनाए पनि एमसीसी सम्झौतामा सांसदबाटै पास हुनुपर्ने प्रावधान भएकोले यो विषय विचाराधीन अवस्थामा रहेको छ । यसको विषयमा चर्को विरोध भइरहेकाले सरकारलाई सोच्न बाध्य परेको छ। 

पछिल्लो समय एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउने भन्ने बुझाई व्याप्त भएको कारण यसले मुर्त रूप लिन पाएको छैन । उता सरकार भने एमसीसी राष्ट्रवादी मुद्दा बन्दै गएपछि अहिले नै संसद्मा पेस गर्ने पक्षमा देखिँदैन । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...