News Portal

  • सेलाएको साढे ३३ किलो सुन काण्ड: फरार प्रतिवादी भोजे मामा गौशालाबाट पक्राउ

    हिमालीसंचार संवाददाता
    ४२७ पटक

    काठमाडौं। सेलाउँदै गएको साढे ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका प्रतिवादीहरुलई अझैँ पनि खोजिरहेको बताएका छन्। यहीँ शिलशिलामा शुक्रबार भण्डारीलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन २०७४ फागुन ९ गते गायब भएको थियो। त्यसपछि प्रहरीले छानविन अघि बढाएको थियो। तर, छानविनका क्रममा घटना रहस्यमय बन्दै गएको थियो।

    अनुसन्धान क्रममा सुन भरियाको भूमिका निर्वाह गरेका सनम शाक्यको हत्या भएको थियो। तर, सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन। ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...