News Portal

सेलाएको साढे ३३ किलो सुन काण्ड: फरार प्रतिवादी भोजे मामा गौशालाबाट पक्राउ

हिमालीसंचार संवाददाता
४९५ पटक

काठमाडौं। सेलाउँदै गएको साढे ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका प्रतिवादीहरुलई अझैँ पनि खोजिरहेको बताएका छन्। यहीँ शिलशिलामा शुक्रबार भण्डारीलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन २०७४ फागुन ९ गते गायब भएको थियो। त्यसपछि प्रहरीले छानविन अघि बढाएको थियो। तर, छानविनका क्रममा घटना रहस्यमय बन्दै गएको थियो।

अनुसन्धान क्रममा सुन भरियाको भूमिका निर्वाह गरेका सनम शाक्यको हत्या भएको थियो। तर, सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन। ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...