News Portal

राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

'क्वान्टम' नामक रकेट २.१ किलोमिटर उचाइमा पुग्यो, ५ औं पटकको प्रयास सफल

हिमालीसंचार संवाददाता
६२९ पटक

काठमाडौँ – नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ नाम दिएको रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले बनाएको रकेटको ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो ।

विधार्थीहरुले थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा लगेर उक्त रकेट परीक्षण गरिएको थियो । ‘हाम्रो रकेटको सुपर सोनिक टेस्ट सफल भयो । मुख्य निर्माणकर्ता मोहन तामाङका अनुसार; “म्याक-२ स्पिड ५ औ पटकको प्रयासपछि सफल परिक्षण भएको बताए।

सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ ।

क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए । रकेट प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । ‘प्यारासुट रिकभरीका लागि हो । तामाङका अनुसार; फ्युलमात्रै परिवर्तन गरेर रकेटलाई फेरि उडाउन सकिन्छ भन्ने उद्देश्य हो। फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।

यसमा विभिन्न सेन्सरको प्रयोग गरिएको छ । रकेटका विभिन्न ‘एस्पेक्ट’ पत्ता लगाउन सेन्सर प्रयोग गरिएको तामाङले बताए । उनका अनुसार नेपाललाई अन्तरिक्ष क्षेत्रमा पुर्‍याउने उद्देश्यले रकेट बनाइएको हो ।

रकेट निर्माणमा तामाङबाहेक इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदिप्‍त शर्मा, ईश्वर श्रेष्ठ, दानबहादुर घर्तीमगर र दीपेन्द्र बस्नेतको टिम रहेका छन् । निर्माणकर्ताहरु उज्जवल ढकाल, रमेश साउद र अमृत ढुंगाना भने इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्‍याम्प‌स, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पनि आबद्ध छन्।

रकेटलाई थप विकासित गर्दै लैजाने योजना आफूहरुको रहेको तामाङ बताउँछन् । यसअघि नेपाली विद्यार्थीहरुले बनाएको गरुडा रकेट भने परीक्षण असफल भएको थियो । अमेरिकामा हुने प्रतिस्पर्धा लक्षित गरेर बनाइएको रकेटको विकास कोरोना भाइरसका कारण रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...