News Portal

जाजरकोटमा डोजरले कुल्चेर एक बालकको मृत्यु

हिमाली संचार संवाददाता
१८६१ पटक

सुशिल सिंह
जाजरकोट – जाजरकोटको कुशे गाउपालिका वडा नं २ टालेगाउमा बिहिबार बेलुका डोजरले कुल्चेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउपालिका २ कै स्थानिय कर्ण बहादुर सिंहको ७ बर्षिय छोरा धिरेन्द्र सिहं रहेका छन ।

सडकको स्थरोउन्नत गरिरहेको डोजर (बिहिबार) हिजो बेलुका करिब ६:१५ को समयमा टालेगाउ तिर फर्कने क्रममा डोजरले कुल्चेर उक्त बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्र जित सुनारले जानकारी दिए। बालकको घटना स्थलमै मृत्यु भएको थियो । शबलाई अहिले पोस्टमाडमका लागि भर्खरै सदरमुकाम खलंगामा पुर्याइएको निमित्त प्रमुख सुनारले बताए ।

सो डोजर भने वडा नं २ का वडाध्यक्ष जनक शाहीको रहेको छ । र घटनाको क्रममा उक्त डोजर अध्यक्ष शाहिकै साला गोरख सिंहले चलाएक थिए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...