News Portal

यस्तो समुदाय, जसले १३ सय वर्षदेखि जमिनमा टेकेको छैन

हिमाली संचार संवाददाता
८६९ पटक

एजेन्सी –विश्वमा मानिसहरु विभिन्न स्थानमा बसोबास गर्दछन् । कोही गाउँमा त कोही शहरमा । कोही पहाडमा त कोही नदी किनारमा ।

तर के तपाइँले यस्ता मानिसहरुको बारेमा सुन्नुभएको छ, जो पानीमा बस्दछन् ?

पानीमा त जलचर पो बस्दछ त ? तर, चीनमा भने पूरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ । उक्त गाउँको जनसंख्या ७ हजार रहेको छ ।

समुद्री माझीहरुको उक्त वस्तीमा बस्ने समुदायलाई टांका भनिन्छ । टांका एक चिनियाँ आदिवासी समुदाय हो ।

इतिहास अनुसार यो समुदायले १३ सय वर्षयता जमिन टेकेको छैन र समुद्रमाथि वस्ती बसाएर घरजम गर्दै आएको छ । सन् ७ सय वर्षयता टांका समुदाय समुद्रमाथि बस्दै आएको हो ।

दक्षिण पूर्वी चीनको यो समुदाय समुद्रमाथि डुंगेघरको वस्ती बसाएर बसिरहेको छ । फुजियान प्रान्तको दक्षिणपूर्वी क्षेत्रमा पर्ने निंगडे सहरको नजिकैको समुद्रमा यो वस्ती रहेको छ ।

समुद्रमा बस्ने यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ ।

सन् ७०० मा चीनमा तांग राजवंशको शासन हुँदा टांका समुदायका मासिनहरु युद्धबाट बच्नका लागि आ आफ्ना डुंगा लिएर समुद्रतर्फ लागे । त्यसपछि उनीहरु युद्धको डरले आफ्नो मूलथलोमा फर्केनन् र समुद्रमै घरजम गर्नथाले । उनीहरुले समुद्रमै ठूलाठूला डुंगाका घर बनाएर बस्ने गरेका छन् । उनीहरुको जिविकोपार्जनको श्रोत नै माछा मार्नु बनेको छ ।

चीनमा पछिल्लो समय आधुनिकता भित्रिएको र सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरु समुद्रको बसाई छाडेर किनारामा घर बनाएर बसेका छन् । तर अझै पनि अधिकांश मानिसहरु परम्परागत रुपमै समुद्रको वस्तीमै बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...