News Portal

खगेन्द्र संग्रौलालाई एमाले नेता महेश बस्नेतको धम्की!

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्की दिएका छन्। उनको आफू रत्तिभर विचलित नभएको खगेन्द्र संग्रौलाले बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने स्पष्ट पारेका छन् ।

लेखक संग्रौला भन्छन् “महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही हुँदैन ।”

यद्यपि हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको पनि उनले बताएका छन् । ‘उनीहरू विक्षिप्त अवस्थामा भएकाले जे पनि गर्न सक्छन्,’ संग्रौलाले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन् ।’ उनले थपे, ‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैको डरमा बस्ने कुरै आउँदैन !’

काठमाडौंको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा एमाले नेता महेश बस्नेतले ‘…अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ अभिव्यक्ति दिएका थिए ।

यता संग्रौलाले आफूलाई धम्की आएको ट्विट गर्दै लेखेका छन्– ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर !’

लेखक संग्रौलालाई गुण्डागर्दी शैलीमा धम्याएको विरोधमा सोमबार बिहानैदेखि कवि लेखकहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...