News Portal

खगेन्द्र संग्रौलालाई एमाले नेता महेश बस्नेतको धम्की!

हिमालीसंचार संवाददाता
३९१ पटक

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्की दिएका छन्। उनको आफू रत्तिभर विचलित नभएको खगेन्द्र संग्रौलाले बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने स्पष्ट पारेका छन् ।

लेखक संग्रौला भन्छन् “महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही हुँदैन ।”

यद्यपि हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको पनि उनले बताएका छन् । ‘उनीहरू विक्षिप्त अवस्थामा भएकाले जे पनि गर्न सक्छन्,’ संग्रौलाले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन् ।’ उनले थपे, ‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैको डरमा बस्ने कुरै आउँदैन !’

काठमाडौंको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा एमाले नेता महेश बस्नेतले ‘…अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ अभिव्यक्ति दिएका थिए ।

यता संग्रौलाले आफूलाई धम्की आएको ट्विट गर्दै लेखेका छन्– ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर !’

लेखक संग्रौलालाई गुण्डागर्दी शैलीमा धम्याएको विरोधमा सोमबार बिहानैदेखि कवि लेखकहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...