News Portal

एनआरएनए बेल्जियमको मतदान पेटीका तोडफोड

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएको छ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युवाहरुको समूहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने प्रयास गर्दै मतपेतिका तोडफोड गरेका छन् ।

यस कार्यलाई रोक्ने प्रयास गर्दा २ जना घाइते भएर अस्पताल भर्ना भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् । अस्पातल भर्न हुनेमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेका छन् । मतदान स्थलमा रहेका चारदिश डटकमका प्रधान सम्पादक ओम शर्मा लागायतका केही व्यक्ति सामान्य घाइते भएका छन् ।

घटनास्थलबाट बेल्जियम प्रहरिको टोलीले प्रमाणहरु संकलन गर्ने र संस्थाका जिम्मेवार वर्तमान अध्यक्ष चित्र सुवेदी, अध्यक्ष पदका उम्मेद्वार खड्क् केसी, सिपी भट्ट, निर्वाचन संयोजक लोक दाहाल र सदस्य सचिव शिव बरुवालसँग छलफलपछि केश तयार गरेको छ भने बाँकी प्रकृया अगाडि बढाउने जिम्मा उनीहरुलाई दिएको छ ।

फोरिएको मतपेटिकाबाट केही मतपत्र च्यातिएका भए पनि अन्य मतपेतिकामा खसेका मतपत्र सुरक्षित रहेका छन् । निर्वाचन समितिका संयोजक लोक दाहालले सबै उम्मेद्वारहरु र केन्द्रीय पदाधिकारीको सल्लाहमा आगामी कदम चाल्ने बताएका छन् ।

मतदान स्थलमा रहेका अध्यक्ष पदका उम्मेद्वार खड्क बहादुर केसी र अनुजा प्रधानले अर्का उम्मेद्वार सिपी भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएका छन् । सिपी भट्टले मतदाता नामावली र निर्वाचन प्रक्रियामा धाधली भएकोले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...