News Portal

एनआरएनए बेल्जियमको मतदान पेटीका तोडफोड

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएको छ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युवाहरुको समूहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने प्रयास गर्दै मतपेतिका तोडफोड गरेका छन् ।

यस कार्यलाई रोक्ने प्रयास गर्दा २ जना घाइते भएर अस्पताल भर्ना भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् । अस्पातल भर्न हुनेमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेका छन् । मतदान स्थलमा रहेका चारदिश डटकमका प्रधान सम्पादक ओम शर्मा लागायतका केही व्यक्ति सामान्य घाइते भएका छन् ।

घटनास्थलबाट बेल्जियम प्रहरिको टोलीले प्रमाणहरु संकलन गर्ने र संस्थाका जिम्मेवार वर्तमान अध्यक्ष चित्र सुवेदी, अध्यक्ष पदका उम्मेद्वार खड्क् केसी, सिपी भट्ट, निर्वाचन संयोजक लोक दाहाल र सदस्य सचिव शिव बरुवालसँग छलफलपछि केश तयार गरेको छ भने बाँकी प्रकृया अगाडि बढाउने जिम्मा उनीहरुलाई दिएको छ ।

फोरिएको मतपेटिकाबाट केही मतपत्र च्यातिएका भए पनि अन्य मतपेतिकामा खसेका मतपत्र सुरक्षित रहेका छन् । निर्वाचन समितिका संयोजक लोक दाहालले सबै उम्मेद्वारहरु र केन्द्रीय पदाधिकारीको सल्लाहमा आगामी कदम चाल्ने बताएका छन् ।

मतदान स्थलमा रहेका अध्यक्ष पदका उम्मेद्वार खड्क बहादुर केसी र अनुजा प्रधानले अर्का उम्मेद्वार सिपी भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएका छन् । सिपी भट्टले मतदाता नामावली र निर्वाचन प्रक्रियामा धाधली भएकोले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...