News Portal

जन्मनु छैन मलाई

हिमाली संचार संवाददाता
९६७ पटक

प्रीति अर्याल

फुलका निर्दाेष अाेठहरुले
क्रान्ति गर्दैछन् ईश्वरसग,
हे ईश्वर
तिम्रो बिर्यमा नाकाबन्दी लगाऊ
तालाबन्दी लगाऊ
जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैंचा भरि

संबेदना गुमाएर
निर्भयताले कुल्चिएर
नाङ्गो बनाउदै
जसरी मन लाग्छ
त्यसैगरि
छेतबिछेत् पार्दै
कामुक हत्केलाले
चुडालेर अस्तित्व
दुखाई जाँघ
च्यातेर याैनाङ्ग
मृत्युको कालो छायामा
बगाएर रगतको अाँसु
बिश्मयका साथ
लडिरहेछु
तिम्रो मन्दिरमा
त्यसैले ,
हे ईश्वर जन्मनु छैन मलाई
सुन्दर तिम्रो बगैंचा भरि

फुलका रसमा
लिप्त छन् काकाकुलहरु
अनि,
च्यातेर पत्रपत्र तिमीलाई
चढाउदा,
किन माैन छाै तिमी …….?
राखेर तिम्रो सामु
कुमारीत्वकाे बलिदान
दिदा पनि
निसन्देह हेरिरहेका छाै
निशब्द रङ्गीएका छाै
निर्दाेष फुलका रगतमा

त्यसैले ,
हे ईश्वर
जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैचा भरि

हाल : काठमाडौ

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...