News Portal

हङकङमा पौडी खेल्दा एक नेपाली युवतीको डुबेर मृत्यु

हिमालीसंचार संवाददाता
३७३ पटक

हङकङ – हङकङमा हाईकिङ गएकी २३ वर्षीया एक नेपाली युवतीको शनिवार साँझ पौडी खेल्दा मृत्यु भएको छ। उनी हाइकिङ जादा चुन वानस्थितमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएको छ।

मृत्यु हुनेमा युन’लङमा बस्ने २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ “नेहा” रहेकी छन्। दुई जना केटी साथी मिलेर हाईकिङ जाँदा एक जनाले साथी बेपत्ता भएपछि प्रहरीलाई उद्धारको लागि खबर गरेकी थिइन्।

हङकङ प्रहरीले खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले वेपत्ता भएकी बिनितालाई अचेत अवस्थामा पानीमुनी फेला पारेका थिए। उनलाई प्राथमिक उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले बिनितालाई अस्पतालमा मृत घोषित गरिएको थियो ।

कुशल कार्कीका अनुसार ‘हामीसंगै काम गर्ने बिनिता गुरुङ बहिनी हो।’ अस्पतालमा बिनिताको मृत शरीर हेरेर आएका कुशलले बिनिताको फोटो उपलब्ध गराएका हुन्। कार्कीका अनुसार उनको ठेगाना काठमाडौं र पहाडको घर पाँचथर भएकी बिनिता हङकङमा युन लङमा बस्दै आएकी थिइन्।

पछिल्लो समय हङकङमा हाईकिङ गएका पैदलयात्रीहरुको पौडी खेल्ने क्रममा डुबेर, चिप्लेर वा प्रचण्ड गर्मीका कारण मृत्यु हुने गरेका छन् । यो समाचार एचके नेपालले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...