News Portal

एनआरएनए युएईको महासचिवमा पुनः दाहालको दाबी

हिमालीसंचार संवाददाता
२८३ पटक

रामप्रसाद ढुंगेल/युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तात्तिन  थालेको छ ।

आगामी जुलाई ३० तारिख हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले अध्यक्ष पदको दाबी गरेका छन् भने महासचिव पदको लागि निस्चल दाहालले उम्मेद्बारी दिने घोषगा गरेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २०२१-२०२३ कार्यकालको लागि, निश्चल दाहालले महासचिव पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सन् २०११ सालदेखि युएइलाइ कर्मथलो बनाएका दाहाल सन् २०१५ सालदेखि एनआरएनए अभियानमा युएइ एनसिसिको युवा संयोजक भइ जोडिएका हुन। झापाली समाज युएइको सल्लाहकार पनि भइ सकेका दाहाल हाल २०१९-२०२१ कार्यकालमा पनि महासचिव पदमा निर्वाचित भएका थिए।

संस्थामा गलत प्रवृत्ति र मैमत्ताको राजनीति हुन नहुने बरु सिद्धान्त र नीति प्रधान हुन जरुरी छ भन्ने मान्यता राख्ने, अध्ययनशिल, प्रखर वक्ता दाहाल स्मार्ट एनआरएनएको धारणालाई डटेर युएइमा अवलम्बन गराउन लाग्ने प्रमुख पात्र हुन।

संस्था सुदृढीकरणको साथै, आर्थिक रुपमा सम्पन्नको मात्र संस्थामा हालिमुहाली हुन हुन्न, हर तह र तप्काको ब्याक्तिहरुको प्रतिनिधित्वको नारा लिने उनि युएईमा रहेका नेपालीहरुलाई आवश्यक हर सहयोगमा लागि पर्ने गरेका छन।

एनआरएनमा अधिनायकवाद र राजनितिक दम्भको खुलेर बिरोध गर्ने, क्रान्तिकारी स्वभावका दाहालले आसन्न अधिवेशनमा आफूले संस्थालाइ नीति नियम र बिधानको शुत्रमा बाध्न पुन महासचिवमा उम्मेदवार दिएको  बताए ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...