News Portal

एनआरएनए युएईको महासचिवमा पुनः दाहालको दाबी

हिमालीसंचार संवाददाता
२६८ पटक

रामप्रसाद ढुंगेल/युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तात्तिन  थालेको छ ।

आगामी जुलाई ३० तारिख हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले अध्यक्ष पदको दाबी गरेका छन् भने महासचिव पदको लागि निस्चल दाहालले उम्मेद्बारी दिने घोषगा गरेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २०२१-२०२३ कार्यकालको लागि, निश्चल दाहालले महासचिव पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सन् २०११ सालदेखि युएइलाइ कर्मथलो बनाएका दाहाल सन् २०१५ सालदेखि एनआरएनए अभियानमा युएइ एनसिसिको युवा संयोजक भइ जोडिएका हुन। झापाली समाज युएइको सल्लाहकार पनि भइ सकेका दाहाल हाल २०१९-२०२१ कार्यकालमा पनि महासचिव पदमा निर्वाचित भएका थिए।

संस्थामा गलत प्रवृत्ति र मैमत्ताको राजनीति हुन नहुने बरु सिद्धान्त र नीति प्रधान हुन जरुरी छ भन्ने मान्यता राख्ने, अध्ययनशिल, प्रखर वक्ता दाहाल स्मार्ट एनआरएनएको धारणालाई डटेर युएइमा अवलम्बन गराउन लाग्ने प्रमुख पात्र हुन।

संस्था सुदृढीकरणको साथै, आर्थिक रुपमा सम्पन्नको मात्र संस्थामा हालिमुहाली हुन हुन्न, हर तह र तप्काको ब्याक्तिहरुको प्रतिनिधित्वको नारा लिने उनि युएईमा रहेका नेपालीहरुलाई आवश्यक हर सहयोगमा लागि पर्ने गरेका छन।

एनआरएनमा अधिनायकवाद र राजनितिक दम्भको खुलेर बिरोध गर्ने, क्रान्तिकारी स्वभावका दाहालले आसन्न अधिवेशनमा आफूले संस्थालाइ नीति नियम र बिधानको शुत्रमा बाध्न पुन महासचिवमा उम्मेदवार दिएको  बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...