News Portal

तनाव कम गर्न यस्ता खानेकुरा खानुस्

हिमालीसंचार संवाददाता
४०५ पटक

अमला

तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।

दूध

दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।

चिसो पानी

तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

जौ

जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।

कुरिलो

तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बी’को आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

केरा

केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।

स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...