News Portal

चीनबाट आइपुग्यो आठ लाख मात्रा खोप

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौ – छिमेकी देश चीनबाट आज बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा (डोज) प्राप्त भएको छ ।

नेपाल सरकारले चीनसँग खरिद गरिएको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । चीनबाट ल्याईएको खोप टेकुमा रहेको स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखी देशभरि पठाइने उहाँले बताए । 

सहप्रवक्ता अधिकारीले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिएका छन् । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार आठ सय ५० मात्रा खोप आइसकेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...