News Portal

  • एनआरएनए युएईको समन्वयमा थप २० जनालाई नि:शुल्क हवाई टिकट

    हिमालीसंचार संवाददाता
    ४२७ पटक

    रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ ।

    कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई टिकट दिएर र पिसिआर पनि गराएर नेपाल एयरलाइन्समार्फत नेपाल फर्किएको जानकारी एनआरएनए युएईका कार्ववाहक अध्यक्ष निरन्जन सिलवालले  दिएका हुन् ।  

    साउन ५ गते मंगलबार नेपाल फर्किएका धेरै नेपाली युवाहरूलाई एनआरएनए युएईले आफ्नो सेल्टरमा राखेर सबै कागजपत्र मिलाएर नेपाल पठाएको कावा अध्यक्ष सिलवालले जानकारी दिएका छन् । भिसा अवधी सकिएर समस्यामा परेका २० जना नेपाली कामदारहरुलाई नेपाली दूतावास अबुधाबीको सहजीकरणमा आउटपास उपलब्ध गराएर नेपाल फिर्ता पठाएको हो । गत असार ४ मा पनि एनआरएनए युएईले ३५ जना नेपालीहरुलाई उद्वार गरेको थियो ।

    एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएका, भिजिट भिसामा आएर समस्यामा परेका, विभिन्न कारण परेर आउट पास लिएर नेपाल फर्किनु पर्ने अवस्थाका २० नेपालीहरु मंगलबार नेपाल पुगेका र निजहरूको होटेल क्वारेन्टाइनको व्यवस्थापन पनि एनआरएनएले नै गर्ने परियोजनाका संयोजक राजेन्द्र कुमार राउतले बताए ।

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत यो सहयोग उपलब्ध गराएइको एनआरएनए युएईले बताएको छ ।

    अन्तर्राष्ट्रिय हवाई यातायात अवरुद्ध हुदा युएईमा समस्यामा परेका केही नेपालीहरुलाई यही अभियान अन्तर्गत गत जेठ ७ मा  अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जनालाई  खाद्यान्न सहयोग गरिएको थियो। त्यसको लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको थियो   

    युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ । विस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।

    मजदुरमैत्री काममा अग्रसर एनआरएनए युएई नेपाली कामदारहरुको सुखदुःखको साथी बन्दै गएको छ । युएई लगायत अन्य देशमा रोजगारीमा रहेको अवस्थामा श्रम सम्बन्धि कुनै समस्या उत्पन्न भएमा नेपाल फिर्ताको लागि नि:शुल्क हवाई टिकट र अन्य सबै सेवाहरु प्रदान गरिने भएकोले एनआरएएका विभिन्न देशमा रहेका पदाधिकारीलाई सम्पर्क गर्न कार्यक्रम संयोजक राउतले सुझाव दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ९ गतेको राशिफल

    आज साउन ९, २०८२ (जुलाई २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

    दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा...

    बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना : दुई वृद्धाको घटनास्थलमै निधन, १५ जना घाइते

    बाजुरा, साउन ८ – हिमाली गाउँपालिका–५ को टुनीगडा आसपासको क्षेत्र सोमबार बिहान दुःखद दुर्घटनाको साक्षी...

    प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

    काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न...

    आज २०८२ साल साउन ८ गतेको राशिफल

    आज साउन ८, २०८२ (जुलाई २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...