News Portal

एनआरएनए युएईको समन्वयमा थप २० जनालाई नि:शुल्क हवाई टिकट

हिमालीसंचार संवाददाता
५१० पटक

रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ ।

कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई टिकट दिएर र पिसिआर पनि गराएर नेपाल एयरलाइन्समार्फत नेपाल फर्किएको जानकारी एनआरएनए युएईका कार्ववाहक अध्यक्ष निरन्जन सिलवालले  दिएका हुन् ।  

साउन ५ गते मंगलबार नेपाल फर्किएका धेरै नेपाली युवाहरूलाई एनआरएनए युएईले आफ्नो सेल्टरमा राखेर सबै कागजपत्र मिलाएर नेपाल पठाएको कावा अध्यक्ष सिलवालले जानकारी दिएका छन् । भिसा अवधी सकिएर समस्यामा परेका २० जना नेपाली कामदारहरुलाई नेपाली दूतावास अबुधाबीको सहजीकरणमा आउटपास उपलब्ध गराएर नेपाल फिर्ता पठाएको हो । गत असार ४ मा पनि एनआरएनए युएईले ३५ जना नेपालीहरुलाई उद्वार गरेको थियो ।

एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएका, भिजिट भिसामा आएर समस्यामा परेका, विभिन्न कारण परेर आउट पास लिएर नेपाल फर्किनु पर्ने अवस्थाका २० नेपालीहरु मंगलबार नेपाल पुगेका र निजहरूको होटेल क्वारेन्टाइनको व्यवस्थापन पनि एनआरएनएले नै गर्ने परियोजनाका संयोजक राजेन्द्र कुमार राउतले बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत यो सहयोग उपलब्ध गराएइको एनआरएनए युएईले बताएको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात अवरुद्ध हुदा युएईमा समस्यामा परेका केही नेपालीहरुलाई यही अभियान अन्तर्गत गत जेठ ७ मा  अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जनालाई  खाद्यान्न सहयोग गरिएको थियो। त्यसको लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको थियो   

युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ । विस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।

मजदुरमैत्री काममा अग्रसर एनआरएनए युएई नेपाली कामदारहरुको सुखदुःखको साथी बन्दै गएको छ । युएई लगायत अन्य देशमा रोजगारीमा रहेको अवस्थामा श्रम सम्बन्धि कुनै समस्या उत्पन्न भएमा नेपाल फिर्ताको लागि नि:शुल्क हवाई टिकट र अन्य सबै सेवाहरु प्रदान गरिने भएकोले एनआरएएका विभिन्न देशमा रहेका पदाधिकारीलाई सम्पर्क गर्न कार्यक्रम संयोजक राउतले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...