News Portal

ग्रामलक्ष्मी बहुउद्देश्यीयले कृषकलाई चेक हस्तान्तरण गर्यो

हिमालीसंचार संवाददाता
२७३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमको  आयोजना गर्दे कृषहरुलाई चेक हस्तान्तरण गरेको छ ।

हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ निर्माण तथा सुधारका लागि अनुदानको रकम हस्तान्तरण गरेको हो।  

कृषि वित्त व्यपार र उपभोग जाेडी समृद्ध समाजको निर्माण ग्राम लक्ष्मी काे अभियान भन्ने मुल नारा काे साथ  रंगेली ,सुनवर्सि , रतुवामाई गरि   एक सय कृषक हरु लाई ७५ हजार रुपैयाँ देखि डेर लाख सम्म काे चेक एक  हस्तान्तरण गरिएको छ ।   

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ बिराटनगर को  साझेदारीमा  ग्रामलक्ष्मी बहुउद्देश्यीय  सहकारी संस्था ले  हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन गर्ने का  मन्त्रालय बहुउद्देश्यीय  सहकारी  मार्फत    कृषक हरु लाई  आत्मावल बडाउने उदेश्य ले यस्तो कार्यक्रम ल्याएको हाे ।

कार्यक्रम काे  प्रमुख अतिथि  भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री  राम बहादुर मगर,  विशिष्ट अतिथि  रंगेली नगरपालिका  मेयर दिलिप कुमार अग्रवाल, वडा अध्यक्ष रामचन्द्र मंण्डल, जिवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र प्रसाद मंडल , रमेश पोखेल ग्राम लक्ष्मी का अध्यक्ष सन्तोष कुमार मंण्डल, संस्थाका अशाेक कुमार मंण्डल, उषा मंण्डल, बडा अध्यक्ष लगायत काे समेत उपस्थिति रहेको थियो । 

कार्यक्रम मा समाज सेवामा लागि पर्ने जीवन बिकास का संस्थापक अध्यक्ष याेगेन्द्र मंण्डल, रमेश पाेख्रेल , तथा अतिथि हरु लाई सम्मन तथा मायाकाे चिनाे समेत हस्तान्तरण गरिएको थियो ।   कार्यक्रममा सहभागी हरु ले बिगत का दिन हरुमा उत्तरी भेगका  कृषक हरु लाई प्राेत्साहन गर्दे आईरहेता पनि पछिल्लो समयमा यसरी सिमाबर्ति क्षेत्रमा यस्तो कार्यक्रम ल्याएकाेमा सबै पक्ष ले राम्रो काम गरेकाे भन्दै धन्यवाद समेत दिएका छन । 

प्रमुख अतिथि ले भने अबका दिन हरुमा समेत आफुले कृषक का लागि थप सेवा र सुविधा दिनुका साथै कृषक हरु ले उव्जाएकाे खाद्यान्न काे उचित भन्डार गर्ने रंगेली मै आधुनिक किसिमकाे काेल स्टाेर बनाउदै गरेको र कृषक हरु लाई सहज हुने समेत मंन्त्रि राम बहादुर मगर ले बताए ।  

त्यसैगरी सहकारीले पशु आहारा विकास कार्यक्रम र बहुवर्षिय पशु स्वास्थ्य सेवा कार्यक्रम  संचालनको लागि आवश्यक पर्ने औषधी, मेशिनऔजार आदि सामग्री खरिद तथा वितरण समेत गरेको छ ।  दुध संकलन केन्द्र स्थापनाका लागि  उपकरण  आफ्नै  भवन निर्माण तथा बिगत बर्ष देखि खेतीयोग्य जमिन लिजमा लिएर आधुनिक प्रबिधि बाट खेति समेत गर्दे आईरहेको र  अबका दिन हरुमा कृषकहरुलाई हरेक सुबिधा दिदै लैजाने सहकारीका अध्यक्ष सन्तोष मंण्डलले बताए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...