News Portal

प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासको मत लिने तयारी

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आज विश्वास मत लिने प्रधानमन्त्री देउवाले तयारी गरेका बताइको छ।

संसद सचिवालयका एक अधिकारीले पनि आज विश्वासको मत लिने अनौपचारिक जानकारी पाएको बताए। ‘अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन। तर अनौपचारिक रूपमा हामीले थाहा पाएका छौं,’ ती अधिकारीले भने,‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप कुरा आउला।’

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका थिए। 

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्। 

यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन सकेनन् । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।  

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...