News Portal

मकाउका दुई संस्थाद्वारा स्वर्गीय प्रेम विश्वकर्माको दुई छोराको शिक्षाका लागि कोष खडा

हिमालीसंचार संवाददाता
५८१ पटक

मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा युवा समाजसेवी स्वर्गीय प्रेमकुमार विश्वकर्माको दुई छोराका लागि शिक्षा कोष खडा गरि दिएका छन् ।

स्याङजा आधिखोला गाउँपालिका वडा नं ३ निवासी स्व. बिकका ८ वर्षीय र २ वर्षीय छोराहरु तथा एक श्रीमती स्याङजा जिल्लाको आधिखोला गाउमा रहेका छन् । मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा स्व. बिकका छोराहरुका लागि शिक्षाकोष खडा गर्ने निर्णय अनुरुप बालकहरुको भविष्यका लागि शिक्षाकोष खडा गरि दिएको नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले जानकारी दिएकी छिन् । 

स्व. प्रेमकुमार विश्वकर्मा मकाउमा रहदा विभिन्न संध संस्थामा आवद्ध रहेका थिए। उनी हेड्स नेपाल शाखा मकाउको अध्यक्ष समेत रहेका थिए। गैरआवासीय नेपाली संध राष्ट्रिय परिषद  मकाउका कोषाध्यक्ष र नेपाली सहयोगी हातहरु मकाउका सक्रिय सदस्य समेत रहेका स्व. प्रेमकुमार विश्वकर्माको कोरोना संक्रमणका कारण उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो।

नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको पहलमा संकलित रकम स्व. बिकको नाबालक छोराहरुको स्वयम्  नाबालक छोराहरुको आ-आफ्नो नाउमा खाता खोलेर फिक्स डिपोजिट गर्नका लागि एक जना छोराको जन्मदर्ता बनाउन समय लागेको हुनाले संकलित रकम सयममा डिपोजिट गर्न विलम्व भएको समेत हिमालीसंचार डटकमसंग संयोजक थापा मगरले बताईन्। 

नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त अभियान मार्फत मकाउमा संकलित रकम स्व. विकका छोराहरुको शिक्षादिक्षाका लागि शिक्षाकोष खडा गरेर नावालक छोराहरु निर्मल विक र प्रीयन्स विकको नाममा अलग अलग खातामा प्रति ब्यक्ति रु. ५ लाख ४ हजार ५ सय गरी जम्मा रु १० लाख ९ हजार फिक्स डिपोजिट गरिएको नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले हिमालीसंचार डटकमसंग बताईन्।

संयोजक थापा मगरका अनुसार अझै मकाउ डलर २८३२/-  संकलित सहयोग रकम हेड्स नेपाल मकाउ शाखासंग रहेको छ। हेड्स नेपाल मकाउ शाखासंग रहेको संकलित रकम स्व. बिकको श्रीमतिलाई चाडै पठाउने समेत जानकारी दिएकी छिन्। संयोजक थापा मगरले सहयोग अभियानमा सहयोग गर्नु हुने तमाम् सहयोगी मानुभावहरुमा हार्दिकताका साथ विशेष धन्याबाद आभार ब्यक्त समेत गरेकी छिन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...