News Portal

  • मकाउका दुई संस्थाद्वारा स्वर्गीय प्रेम विश्वकर्माको दुई छोराको शिक्षाका लागि कोष खडा

    हिमालीसंचार संवाददाता
    ५२३ पटक

    मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा युवा समाजसेवी स्वर्गीय प्रेमकुमार विश्वकर्माको दुई छोराका लागि शिक्षा कोष खडा गरि दिएका छन् ।

    स्याङजा आधिखोला गाउँपालिका वडा नं ३ निवासी स्व. बिकका ८ वर्षीय र २ वर्षीय छोराहरु तथा एक श्रीमती स्याङजा जिल्लाको आधिखोला गाउमा रहेका छन् । मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा स्व. बिकका छोराहरुका लागि शिक्षाकोष खडा गर्ने निर्णय अनुरुप बालकहरुको भविष्यका लागि शिक्षाकोष खडा गरि दिएको नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले जानकारी दिएकी छिन् । 

    स्व. प्रेमकुमार विश्वकर्मा मकाउमा रहदा विभिन्न संध संस्थामा आवद्ध रहेका थिए। उनी हेड्स नेपाल शाखा मकाउको अध्यक्ष समेत रहेका थिए। गैरआवासीय नेपाली संध राष्ट्रिय परिषद  मकाउका कोषाध्यक्ष र नेपाली सहयोगी हातहरु मकाउका सक्रिय सदस्य समेत रहेका स्व. प्रेमकुमार विश्वकर्माको कोरोना संक्रमणका कारण उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो।

    नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको पहलमा संकलित रकम स्व. बिकको नाबालक छोराहरुको स्वयम्  नाबालक छोराहरुको आ-आफ्नो नाउमा खाता खोलेर फिक्स डिपोजिट गर्नका लागि एक जना छोराको जन्मदर्ता बनाउन समय लागेको हुनाले संकलित रकम सयममा डिपोजिट गर्न विलम्व भएको समेत हिमालीसंचार डटकमसंग संयोजक थापा मगरले बताईन्। 

    नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त अभियान मार्फत मकाउमा संकलित रकम स्व. विकका छोराहरुको शिक्षादिक्षाका लागि शिक्षाकोष खडा गरेर नावालक छोराहरु निर्मल विक र प्रीयन्स विकको नाममा अलग अलग खातामा प्रति ब्यक्ति रु. ५ लाख ४ हजार ५ सय गरी जम्मा रु १० लाख ९ हजार फिक्स डिपोजिट गरिएको नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले हिमालीसंचार डटकमसंग बताईन्।

    संयोजक थापा मगरका अनुसार अझै मकाउ डलर २८३२/-  संकलित सहयोग रकम हेड्स नेपाल मकाउ शाखासंग रहेको छ। हेड्स नेपाल मकाउ शाखासंग रहेको संकलित रकम स्व. बिकको श्रीमतिलाई चाडै पठाउने समेत जानकारी दिएकी छिन्। संयोजक थापा मगरले सहयोग अभियानमा सहयोग गर्नु हुने तमाम् सहयोगी मानुभावहरुमा हार्दिकताका साथ विशेष धन्याबाद आभार ब्यक्त समेत गरेकी छिन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...