News Portal

सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो

यातायात जोर-बिजोर प्रणाली हट्यो, पसल र होटल ८ बजेसम्म खुल्ला

हिमालीसंचार संवाददाता
४१६ पटक

अविन माबो/धरान – सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञा जारी गरेको समय आज १२ बजे मध्यरात पछि सकिँदैछ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धरानलगायत सुनसरी जिल्लाभर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले धरानलगायत सुनसरीमा कोरोना संक्रमितको संख्या यथावत रहेको र बढ्दो क्रममै रहेको हुनाले निषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।

सुनसरीमा सवारी साधन जोर–बिजोर प्रणाली हटेको छ । जिल्ला भित्र असार ३१ गतेसम्म जोर–बिजोर प्रणालीअनुसार यातायात चल्दै आएको थियो । विहिबारको निर्णयअनुसार जिल्लाभर पसल र होटल बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । ‘होटल, पसललाई एक घण्टा समय थपियो’, उनले भने, ‘होटल र पसल ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।’

उनका अनुसार सुनसरीमा लाग्ने बोलबमलगायतका सार्वजनिक मेलालाई रोकिएको छ । ‘धरानको विषयमा अलि ‘टाइट’ गर्ने भन्ने विषय उठेको थियो तर मेयर सा’ब काठमाडौंमा जानुभएको बुझियो, उहाँले नै बोलबमलाई रोक्नुपर्छ अरु पछि आएपछि सरसल्लाह गरौं भनेको हुनाले त्यसै गरेका छौं ।’ प्रवक्ता पोख्रेलले भने ।

 

सुनसरी जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘खासमा अहिले पनि संक्रमित बढेकै छन्’, उनले भने, ‘त्यही भएर पनि निषेधाज्ञा लम्ब्याइएको हो ।’

सुनसरी जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थपिँदै गएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । जिल्लाका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।

धरानमा दोस्रो लहरयता अहिलेसम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा दिनहुँ ७० देखि ८० जनासम्म संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...