News Portal

मोरङको रंगेलीमा इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३१४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा सेवाग्राही र सेवाप्रदायकबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोग र मानव अधिकार समूह रंगेलीमा आयोजना गरिएको कार्यक्रममा इन्सेकद्घारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तरगत सेवाग्राही र सेवाप्रदायकबिच संविधान प्रदत्त मौलिक अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। 

उक्त आयोजित कार्यक्रममा नगरपालिकाका  प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदी, वजाअध्यक्ष रामचन्द्र मंण्डल, घनश्याम पनेरु,  स्वास्थ्य प्रमुख ब्रजेश मेहेता, शिक्षा अधिकृत रबिन्द्र पंण्डित,  स्थानीय उषा झा, धर्मेन्द्र मंण्डल, पुनम सापकोटा लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायबाट प्रवाह हुने संविधान प्रदत्त सवालमा आफूहरूलाई थप जिम्मेवार बढेको इन्सेक मानव अधिकार समूहले उठान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई राजनीति भन्दा फरक ढङ्गले हेरी सोही अनुसार कार्यान्वयनमा सम्बन्धित सबै पक्ष सहभागी भए त्यसले स्थानीय ग्रामीण भेगका नागरिकको जीवनस्तर सुधार हुने  अपेक्षा समेत राखेका छन ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...