News Portal

नवजात शिशुको  हत्यामा संलग्न चारैजनालाई प्रहरीले अनुसन्धान गर्दै

रबिन्द्र बराल
३७६ पटक

मोरङ -मोरङ रंगेली नगरपालिकाकाे बडा नम्बर ५ आमगाछी स्थित डाँगा टोलमा परिवारका सदस्यहरु बाटै नवजात शिशुलाई जिउदै गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ । अरुण मण्डलको २८ बर्षकी श्रीमती खुश्बु मण्डलले आफ्नै घरमा जिबितै छाेरी जन्माएकाे अवस्थामा उनी आफैले नवजात शिशुलाई असार २७ गते राति ८ बजे जिउँदै गाडिएको थियोे।
रंगेली प्रहरीले २८ गते बिहान ११ :३० बजे खवर प्राप्त भएपछि प्रहरी निरिक्षक अनमाेल खड्काकाे टाेलिले प्रारम्भिक अनुसन्धान गर्दै खाेज तलास गर्ने क्रममा साेहि स्थानमा रहेको चाँदनी चौकमा रहेका ५० बर्षिय नागेश्वर मण्डल र निजको श्रीमती उर्मिला मण्डलले संचालन गर्दै आएको टिनको मदिरा पसल भित्र खाल्डो खनि गाडिएको अवस्थामा प्रहरीले नवजात शिशुकाे सव फेला पारेको थियो । प्रहरीले लासकाे पाेष्माटका लागि कोशी अस्पताल पठाएको र थप अनुसन्धान का लागि वर्ष २८ कि खुश्बु मण्डल,निजको श्रीमान वर्ष २८ को अरुण मण्डल , निजको बुबा वर्ष ५० नागेश्वर मण्डल, निजको आमा बर्ष ४८ की उर्मिला मण्डल समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको रंगेली प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा निज खुश्बु मण्डलको श्रीमान बैदिशिक रोजगारबाट २०७७ चैत्र महिनामा घर आएको र बच्चा आफ्नो श्रीमानको नभएको कारणले गर्दा गाउँ समाजमा इज्जत प्रतिष्ठामा आच आउने भएकाले निज खुश्बु मण्डलले ब्लाङ्केटले छोपेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...