News Portal

नवजात शिशुको  हत्यामा संलग्न चारैजनालाई प्रहरीले अनुसन्धान गर्दै

रबिन्द्र बराल
३५५ पटक

मोरङ -मोरङ रंगेली नगरपालिकाकाे बडा नम्बर ५ आमगाछी स्थित डाँगा टोलमा परिवारका सदस्यहरु बाटै नवजात शिशुलाई जिउदै गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ । अरुण मण्डलको २८ बर्षकी श्रीमती खुश्बु मण्डलले आफ्नै घरमा जिबितै छाेरी जन्माएकाे अवस्थामा उनी आफैले नवजात शिशुलाई असार २७ गते राति ८ बजे जिउँदै गाडिएको थियोे।
रंगेली प्रहरीले २८ गते बिहान ११ :३० बजे खवर प्राप्त भएपछि प्रहरी निरिक्षक अनमाेल खड्काकाे टाेलिले प्रारम्भिक अनुसन्धान गर्दै खाेज तलास गर्ने क्रममा साेहि स्थानमा रहेको चाँदनी चौकमा रहेका ५० बर्षिय नागेश्वर मण्डल र निजको श्रीमती उर्मिला मण्डलले संचालन गर्दै आएको टिनको मदिरा पसल भित्र खाल्डो खनि गाडिएको अवस्थामा प्रहरीले नवजात शिशुकाे सव फेला पारेको थियो । प्रहरीले लासकाे पाेष्माटका लागि कोशी अस्पताल पठाएको र थप अनुसन्धान का लागि वर्ष २८ कि खुश्बु मण्डल,निजको श्रीमान वर्ष २८ को अरुण मण्डल , निजको बुबा वर्ष ५० नागेश्वर मण्डल, निजको आमा बर्ष ४८ की उर्मिला मण्डल समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको रंगेली प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा निज खुश्बु मण्डलको श्रीमान बैदिशिक रोजगारबाट २०७७ चैत्र महिनामा घर आएको र बच्चा आफ्नो श्रीमानको नभएको कारणले गर्दा गाउँ समाजमा इज्जत प्रतिष्ठामा आच आउने भएकाले निज खुश्बु मण्डलले ब्लाङ्केटले छोपेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...