News Portal

मोतिराज निरौलाका चोटिला मुक्तकहरु!

हिमालीसंचार संवाददाता
४०२ पटक

मुक्तक – १
नेताको झोला बोकेर खल्ती भर्न बन्द गरियोस्
पार्टीको गुणगान गाउँदै भ्रम छर्न बन्द गरियोस्
तपाईं असल शिक्षकको छवि बनाउनु हुन्छ भने
विद्यालयमा गएर राजनीति गर्न बन्द गरियोस्

मुक्तक – २
छोरा हो सहनु पर्छ हजारौं चोट भन्नुहुन्छ बा
नखानु जाँड, रक्सी, सुर्ती, चुरोट भन्नुहुन्छ बा
विदेशमा जति पसिना बगाएर मेहनत गर्यो भने
नेपालमै कमाइन्छ लाखौं नोट भन्नुहुन्छ बा

मुक्तक – ३
पुराना लुगा नलगाउ भन्छन् मेरा गाउँका मान्छेहरू
छोराछोरी बोर्डिङ पठाउ भन्छन् मेरा गाउँका मान्छेहरू
खै समय परिबर्तन भएको कि मान्छेहरू परिबर्तन भए?
गुन्द्रुक ढिंडो नै नखाउ भन्छन् मेरा गाउँका मान्छेहरू

मुक्तक – ४
फराकिलो देखाउन खोज्छन् मन समाजसेवीहरू
बाँड्दै हिंडेका छन् नगद धन समाजसेवीहरू
सक्कली या नक्कली हुन् बुझ्नै गाह्रो छ अचेल
बर्खे च्याउ जस्तै उमृएका छन् समाजसेवीहरू

मुक्तक -५
मेरो मुटु खायो कलेजो खायो तिम्रा यादहरुले
दिनरात सताउनुसम्म सतायो तिम्रा यादहरुले
प्रिय तिमी टाढियौ,नजिक हुँदा तनावै थिएन
आज भोक निन्द्रा सबै हरायो तिम्रा यादहरुले

मुक्तक – ६
देश बनाउने राष्ट्र पिताको सालिक ढलेपछि
अनि हेर्दाहेर्दै हाम्रो राष्ट्रिय झण्डा जलेपछि
खै देश समृद्ध बन्छ भनेर कसरी विश्वास गरौं ?
देशद्रोही र भ्रष्टचारीकै पक्षमा नारा चलेपछि

मुक्तक ७
पहुँचवालाहरूले निर्णय गर्छन् जस्तो लाग्छ
गरिबहरू मात्रै मारमा पर्छन् जस्तो लाग्छ
देशमा बलत्कारीलाई मृत्युदण्ड दिने हो भने,
हजारौं मानिसहरू निर्दोष मर्छन् जस्तो लाग्छ

मोति निरौला
सुदेङदेल -७, केपिलासगढी खोटाङ सगरमाथा नेपाल

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...