News Portal

सुनवर्सी अभियानद्वारा रंगेलीका परिवारलाई खाद्यान्न वितरण

रबिन्द्र बराल
२८८ पटक

रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले सरकारद्वारा जारि निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग अभियानलाई निरन्तरता दिदै आईरहेको छ । अभियानले रंगेली नगरपालिकाको वडा ३ र ९ का ५ पारिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

अभियानले एकल महिला तथा अतिबिपन्न घर घरपरिवारहरुलाई लकडाउनले गर्दा उनीहरुको बिहान बेलुका हातमुख जोड्न समेत समस्या परेको जानकारी पाएपछि उनीहरुले सहयोग अभियानले सहयोग गरेका हो ।
उनीहरुले एक महिनाको लागि आवस्यक पर्ने चामल, तेल, नुन, दाल र स्वाईविन समेत वितरण गरेको हो ।

सुनवर्सी नगर भित्र मात्रै नभएर रंगेली , रतुवामाई, कानेपोखरी र धनपालथानका समेत नागरिकहरु खाधान्न समस्यामा परेको जानकारी पाउन साथ मनकारी युवाहरुको समुहले “तपाईसंगै हामी सुनवर्सी सहयोग अभियान” नामक अभियान संचालन गरी घर–घरमै गएर खाधान्न तथा स्वास्थ्य सामाग्री पुर्याएर सहयोग सुरु गरेको थिए।

उक्त कार्यक्रममा युवा समाजसेवी ईन्जिनियर कमलेश्वर ठाकुर, पत्रकार बीरेन्द्रकुमार साह, सन्तोष बास्तोलाहरुको सयुक्त रुपमा अभियान संचालन गरेका थिए । सहयोगका लागि देश तथा बिदेशमा रहेका युवादेखि नेताहरु समेत अभियानलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।

हाल सम्म सो मोरङ जिल्लामा संस्थाले १ सय ३५ घर परिवारलाई खाद्यान्न सहयोग समेत गरि सकेको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...