News Portal

धरानका वीपी प्रतिष्ठानका डाक्टरहरले हेल्मेट लगाउँदैनन्

अब एक्सन हुन्छ- ट्राफिक प्रहरी

हिमालीसंचार संवाददाता
४२२ पटक

धरान – सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरहरुले प्रतिष्ठान परिसर लगायद अस्पताल वाहिरका क्लिनिक र औषधि पसलहरुमा जादा आफ्ना निजी मोटरसाईकल र स्कुटर चलाउदा अधिकांशले हेलमेट लगाउदैनन्।

वीपी प्रतिष्ठानका डाक्टर, नर्स, विधार्थीहरु र सुरक्षा गार्डहरुले लगायदका स्टाफहरुले समेत मोटरसाइक चलाउदा टेलमेट नलगाई सवारी साधन चलाइ रहेका हुन्छन्। सडक दुर्घटनामा दुई पाङ्ग्रे सवारीसाधन बढी पर्ने र त्यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य लगाउनुपर्ने ट्राफिक प्रहरीको नियम छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा पनि स्पष्ट रूपमा दुई पाङग्रे सवारी साधन चलाउँदा चालक र सोमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख गरिएको छ । तर धरानको वीपी प्रतिष्ठान परिसरभित्र निर्वाध रुपमा हेल्मेटबिनै चिकित्सक, नर्स, सुरक्षा गार्डहरु र विद्यार्थीहरुले बाइक÷स्कुटर चलाउने गरेका छन्।

हेल्मेट नलगाई सवारी साधन चलाउन पाईन्छ भन्ने प्रश्नमा अधिकांशका जबाफ “क्वाटर र हाम्रो काम गर्ने विभागको दूरी मात्र ५ मिनेटको छ । त्यहीँदेखि यहाँ आउन किन लगाइरहनु भनेर मात्र हेल्मेट नलगाएको हो।” हेल्मेट नलगाई हिँड्ने अन्य चिकित्सक, नर्स तथा विद्यार्थीहरुका समेत जवाफ एउटै हुन्छ ।

एक हजार पाँच सयसम्म जरिवाना

ट्राफिक प्रहरीले हेल्मेट नलगाई सवारीसाधन चलाउँदा न्यूनतम पाँच सयदेखि अधिकतम १ हजार ५ सयसम्म नगद जरिवाना गर्ने प्रावधान छ । तर प्रतिष्ठानभित्र ट्राफिक प्रहरीको उपस्थिति नहुने हुँदा यहाँ ट्राफिक नियम कार्यान्वयन नभएको हो । 

अब एक्सन हुन्छः ट्राफिक प्रहरी

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी वासुदेव खतिवडाले ट्राफिक नियम जुनसुकै सार्वजनिक स्थानहरूमा लागु हुने स्पष्ट पारे । धरानको वीपी प्रतिष्ठानभित्र सडक मार्ग धेरै रहेकाले पनि ट्राफिक नियम लागु हुने र हेल्मेट नलगाई हिँड्नेहरुको हकमा ‘एक्सन’ हुने उनले बताए । प्रतिष्ठानभित्र अब ट्राफिक प्रहरीको अनुगमन हुन्छ र यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले समन्वय गर्ने एसपी खतिवडाले जानकारी दिए ।

प्रतिष्ठान परिसरमा हेल्मेट नलगाई सवारी साधन चलाउँदा समय समयमा दुर्घटनासमेत हुने गरेको अवस्था छ । प्रतिष्ठानभित्र दुर्घटना हुने र बाहिर प्रहरीले मिलापत्र गराएका धेरै उदाहरण भएको स्थानीय बताउछन् । प्रतिष्ठानभित्र प्रायः स्वास्थ्य सेवा लिन आउने बिरामी तथा उनका आफन्तहरूले मात्र हेल्मेट प्रयोग गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...