News Portal

विश्वभरिका ओखलढुंगेलीहरुको उदाहरणीय सहयोग

हिमालीसंचार संवाददाता
३७८ पटक

युएई– वैदेशिक रोजगारी, अध्ययन र व्यावसायाको लागि विश्वका विभिन्न देशहरुमा पुगेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पताललाई लाखौं रुपैयाँ बराबरका आइसीयु बेड, अक्सिजन सिलिन्डर लगायत स्वास्थ सामग्री उपलब्ध गराएका छन् ।
जिल्लाबासीको स्वास्थ सुबिधालाई मध्यनजर गर्दै विदेशमा रहेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि सहयोग गरेका हुन् ।

विभिन्न देशमा कार्यरत ओखलढुंगेलीहरुले कोरोना रोकथाम तथा न्यूनीकरणको लागि स्थानीय समितिको परामर्श तथा समन्वयमा जिल्ला अस्पताल रुम्जाटारलाई -२ थान, सामुदायिक अस्पताल सोब्रुलाई-५ थान र खिजिदेम्बा कोविड अस्पताल -१ थान आइसियु बेड उपलब्ध गराइसकेका छन् । त्यति मात्रै होइन, जिल्लाका सबै वडामा रहेका स्वास्थ्यचौकी तथा ३ वटा स्वास्थ्य केन्द्र समेत गरी ७८ स्वास्थ केन्द्रलाई १/१ थान नर्मल बेड र ४० लिटरको उपकरण सहितको अक्सिजन सिलिन्डर १/१ थान, जिल्ला अस्पताल रुम्जाटारलाई १० थान सिलिन्डर, जिल्ला अस्पताल रुम्जाटार र रानिवन अस्पताललाई १/१ थान सेमी बायो क्यामेस्टी अनालाइजर, सुनकोशी गाउँपालिकाको अस्पताललाई युएसजी मेसिन- १ थान र लिखु अस्पताललाई टु डी युएसजी मेसिन हस्तान्तरण गरिसकेका छन् ।
यसैगरी कोरोनाको दोस्रो लहर सुरु भएपछि बिश्वभरिका ओखलढुंगेलीहरुले दोस्रो चरणमा स्वास्थ क्षेत्रमा सुधारका लागि सबै पालिकाका स्वास्थचौकी र अस्पतालमा स्वास्थ सामग्री दिने भएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा आफ्नो जिल्ला र जिल्लाबासीलाई सहयोग गर्न विश्वभरका २१ देशमा रहेका ओखलढुंगाबासीहरुले भाइरसविरुद्ध सहयोग अभियानमा आर्थिक सहयोग जुटाएका हुन् ।
आमा र जन्मभूमिले माग्दैन, आफै जानेर दिनुपर्छ भन्ने भावना बाट प्रेरित भएर विभिन्न देशहरुमा रहेका ओखलढुंगाबासीले गत मे १९ बाट स्वतस्फूर्त रकम संकलन गर्दा अहिलेसम्म ७१ लाख रुपैयाँ जम्मा भएको र जिल्लाका विभिन्न स्वास्थकेन्द्र र अस्पतालमा स्वास्थ सामग्री वितरण गर्न लागेको अभियानका संयोजक शिवजी श्रेष्ठले युकेबाट जानकारी गराएका छन् ।

विश्वभरि रहेका ओखलढुंगेलीहरुको गत जुलाइ ४ तारिखको जुम बैठकले जिल्लाको स्वास्थक्षेत्र निम्न अनुसार सहयोग वितरण गर्न लागिएको युएईमा रहेका प्रतिनिधि जितेन्द्र गुरुङले जानकारी दिएका थिए ।

कोरोना कहरको कारण जुटेको जिल्लाबासीहरुको विश्व संजाल अन्तरगत ओखलढुंगाको स्वास्थ्य क्षेत्रमा विशेष सहयोग गर्ने समितिको लक्ष्य रहेको संयोजक श्रेष्ठले बताएका छन् ।
समितिले सबै दाताहरुलाई डिजिटल प्रमाणपत्र र दाताहरुको अभिलेख जिल्लाका स्थानीय निकायमा सार्वजनिक रूपमा देखिने गरी प्रकाशित गर्ने बताइएको छ ।

कतार, कोरिया, जापान, साइप्रासमा सक्रिय ओखलढुंगा सेवा समाज साथै ओखलढुंगा जिल्ला समाज, लन्डन, ओखलढुंगा एकता सेवा समाज, मलेसिया र युएई, युयसए, भारत, बेल्जियम, नेदरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया,साइप्रस, हङकङ, मकाउ, पोर्चुगल, कुवेत र अफगानिस्तान गरी २१ भन्दा बढी देधमा रहेका ओखलढुंगेलीहरुले सहयोग गरेको सचिव श्रीराम गुरुङले कोरियाबाट जानकारी दिएका छन् ।
यसरी संकलन गरिएको रकमलाई सिद्धीचरण नगरपालिकाका मेयर मोहन मोहन श्रेष्ठको संयोजकत्वमा गठन भएको एक समुहले वितरण गरिरहेको अभियानका युएई संयोजक जितेन्द्र गुरुङले बताएका छन् ।

घरदेश छाडेर परदेश पुगेका ओखलढुंगाबासीहरुको यो उदाहरणीय र अनुकरणीय सहयोगको लागि जिल्लाबासीहरुले सबै दाताहरुलाई आभार प्रकट गर्दै शिक्षा, पर्यटन, कृषि र भौतिक आदि क्षेत्रको विकासको लागि योगदान गर्न अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...