News Portal

अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

हिमालीसंचार संवाददाता
४५८ पटक

काठमाडौँ।
अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन्। उनलाई गत बिहीबार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो।

थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनी झुण्डिएको अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट पुगेको प्रहरीले घटनाको छानबिन गर्दा सुसाइड नोटसमेत भेटिएपछि उनले आत्महत्या गरेको र आत्महत्याको कारण डिप्रेसन हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

केही वर्षदेखि अध्यात्मतिर लागेकी जेनीलाई केही समय अघिसम्म पशुपति परिसरमा साधुको अवतारमा भेटिन्थ्यो। जेनी एक वर्षदेखि डिप्रेसनबाट पनि पीडित थिइन्।

उनको पार्थिव शरीर शुक्रबार नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जलि सभा आयोजना गर्दै अन्तिम श्रद्धाञ्जलिका लागि राखेको थियो। जहाँ उनलाई श्रद्धाञ्जलि दिनका लागि फिल्म क्षेत्रका विभिन्न कलाकार, निर्माता निर्देशक तथा प्राविधिकहरू पुगेका थिए। शुक्रबारै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ। उनको श्रीमान् र दुई छोरी रहेकोमा एक छोरी अमेरिका र एक छोरी अस्ट्रेलियामा रहेका छन्।

हलचल, हाम्रो मिलन कहिले हुन्छ, घायल, त्यागी मान्छे, बिन्ती पत्र, मिस्टर डनलगायत एक दर्जन बढी फिल्ममा अभिनय गरेकी जेनीले तीन फिल्म निर्माणसमेत गरेकी थिईन्। उनी नृत्य प्रस्तुतिका लागि देश विदेश पुग्ने गर्थिन्।

जेनीका होम प्रोडक्सनले नै निर्माण गरेको फिल्म घायलका लागि उनले नृत्य गरेको माया गर मायालुले मायालाई अलि अलि लौ लौ बोलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ। यो गीत यसअघि पनि हिट लिस्टमा पर्दै आएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...