News Portal

अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौँ।
अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन्। उनलाई गत बिहीबार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो।

थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनी झुण्डिएको अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट पुगेको प्रहरीले घटनाको छानबिन गर्दा सुसाइड नोटसमेत भेटिएपछि उनले आत्महत्या गरेको र आत्महत्याको कारण डिप्रेसन हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

केही वर्षदेखि अध्यात्मतिर लागेकी जेनीलाई केही समय अघिसम्म पशुपति परिसरमा साधुको अवतारमा भेटिन्थ्यो। जेनी एक वर्षदेखि डिप्रेसनबाट पनि पीडित थिइन्।

उनको पार्थिव शरीर शुक्रबार नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जलि सभा आयोजना गर्दै अन्तिम श्रद्धाञ्जलिका लागि राखेको थियो। जहाँ उनलाई श्रद्धाञ्जलि दिनका लागि फिल्म क्षेत्रका विभिन्न कलाकार, निर्माता निर्देशक तथा प्राविधिकहरू पुगेका थिए। शुक्रबारै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ। उनको श्रीमान् र दुई छोरी रहेकोमा एक छोरी अमेरिका र एक छोरी अस्ट्रेलियामा रहेका छन्।

हलचल, हाम्रो मिलन कहिले हुन्छ, घायल, त्यागी मान्छे, बिन्ती पत्र, मिस्टर डनलगायत एक दर्जन बढी फिल्ममा अभिनय गरेकी जेनीले तीन फिल्म निर्माणसमेत गरेकी थिईन्। उनी नृत्य प्रस्तुतिका लागि देश विदेश पुग्ने गर्थिन्।

जेनीका होम प्रोडक्सनले नै निर्माण गरेको फिल्म घायलका लागि उनले नृत्य गरेको माया गर मायालुले मायालाई अलि अलि लौ लौ बोलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ। यो गीत यसअघि पनि हिट लिस्टमा पर्दै आएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...