News Portal

धरानको नगरसभाद्वारा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित

हिमालीसंचार संवाददाता
३४१ पटक

धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। 

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । धरान उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार भोली पुनः बैठक बस्ने गरी स्थगित भएको छ । भोली हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने पनि उनले बताए । 

खतिवडाका अनुसार बैठकमा असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनाहरुले नाम टिपाएका थिए । ‘१५ गतेभित्र नाम टिपाउने नगरसभा सदस्यहरुले कुरा राख्नुभयो, उठेका कुराहरुमाथि विधेयक प्रस्तुतकर्ता उपप्रमुखले प्रष्ट पार्नुभयो,’खतिवडाले भने,‘त्यसपछि प्रमुखले पारित गर्न प्रस्ताव गर्नुभयो, ध्वनी मतले सर्वसम्मत नीति तथा कार्यक्रम, आर्थिक विधेयक पारित भयो । अब खर्च सम्बन्धी विनियोजन विधेयकमाथि भोलीको बैठकमा छलफल हुन्छ ।’

गत असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । नगरसभामा आगामी आर्थिक बर्षको २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो । बजेटमा सहमति हुन नसकेपछि असार २५ गतेको बैठक रोकिएको थियो । हिजो र आज बिहान कार्यपालिका बैठक बसेर बजेटमा सहमति जुटाएका हुन्।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...