News Portal

धरानको नगरसभाद्वारा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित

हिमालीसंचार संवाददाता
३०७ पटक

धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। 

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । धरान उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार भोली पुनः बैठक बस्ने गरी स्थगित भएको छ । भोली हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने पनि उनले बताए । 

खतिवडाका अनुसार बैठकमा असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनाहरुले नाम टिपाएका थिए । ‘१५ गतेभित्र नाम टिपाउने नगरसभा सदस्यहरुले कुरा राख्नुभयो, उठेका कुराहरुमाथि विधेयक प्रस्तुतकर्ता उपप्रमुखले प्रष्ट पार्नुभयो,’खतिवडाले भने,‘त्यसपछि प्रमुखले पारित गर्न प्रस्ताव गर्नुभयो, ध्वनी मतले सर्वसम्मत नीति तथा कार्यक्रम, आर्थिक विधेयक पारित भयो । अब खर्च सम्बन्धी विनियोजन विधेयकमाथि भोलीको बैठकमा छलफल हुन्छ ।’

गत असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । नगरसभामा आगामी आर्थिक बर्षको २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो । बजेटमा सहमति हुन नसकेपछि असार २५ गतेको बैठक रोकिएको थियो । हिजो र आज बिहान कार्यपालिका बैठक बसेर बजेटमा सहमति जुटाएका हुन्।  

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...