News Portal

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत नेपाली कामदार अदक्ष

७७६ पटक

काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् ।

वैदेशिक रोजगारीमा जाने दक्ष नेपाली युवा जम्मा १.५ प्रतिशतमात्र रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै रोजगारीका लागि बाहृय मुलुक गएका नेपालीहरुमध्ये २३ प्रतिशत अर्धदक्ष छन् ।

वैदेशिक रोजगारीमा जाने धेरैजसो कामदार अदक्ष हुँदा उनीहरुले पाउने सेवा सुविधा कम हुनुका साथै जोखिमपूर्ण काम गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

युवाहरुमा प्रावधिक शिक्षाको पहुँच नहुँदा उनीहरुले काममा दक्ष हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘प्राविधिक शिक्षा र तालिम स्वरोजगार र उद्यममुखी समेत हुन सकेको छैन’ मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ, अहिले उपलब्ध तालिमका सीमित अवसरहरुमा समेत लक्षित र सीमान्तकृत तथा विपन्न वर्गको पहुँच पुग्न सकेको छैन ।’

नेपालबाट वर्षेनी चार लाख ५० हजार जना विदेश जाने गरेका छन् । तर गत वर्ष गत वर्ष तीन लाख २३ हजार जना विदेश गएका छन् । मन्त्रालयका अनुसार अध्ययनका लागि बाहृय मुलुक जान स्वीकृति लिने युवा ३९ हजार छन् । हाल ४० लाख भन्दा बढी युवा कामका लागि बाहृय मुलुकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पूर्ण बेरोजगार २ प्रतिशत, कृषिमा संलग्न ५० प्रतिशत

नेपालमा २.३ प्रतिशत युवाहरु मात्रै पूर्ण बेरोजगार रहेको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार अर्धवेरोजगार युवाहरु २८.३ प्रतिशत रहेका छन् भने कृषिमा ५०.५ प्रतिशत युवाहरु संलग्न छन् ।

युवा साक्षरता बढ्यो

नेपालमा कूल जनसंख्याको ४०.५३ प्रतिशत जनसंख्या युवाको छ । तीमध्ये करिब ८२ प्रतिशत साक्षर छन् । वि.सं.२०६८ को जनगणना अनुसार ७१ प्रतिशत युवा मात्रै साक्षर थिए । यो अवधीमा युवा साक्षरता ११ प्रतिशतले बढेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको हो । १८ प्रतिशत युवा अझै निरक्षर रहेका छन् ।

युवा पत्रकारिता पुरस्कार घोषणा

युवा तथा खेलकुद मन्त्रालयले ५० हजार राशीको युवा पत्रकारिता पुरस्कारको समेत घोषणा गरेको छ ।

हरेक वर्ष एक जनालाई प्रदान गरिने पुरस्कारलाई व्यवस्थित गर्नका लागि युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ समेत तय गरिएको छ । पुरस्कार सिफारिस समितिमा एक संयोजक, एक सदस्य सचिव र ३ सदस्यसहित पाँच जना रहनेछन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...