News Portal

सोलुखुम्बुमा हावाहुरीले सयौँ रोपनीको मकै सोत्तर

हिमालीसंचार संवाददाता
४०१ पटक

सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो ।

जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको तिङ्ला, गोरा, केरुङ, टाप्टिङ, रोशी लगायतका क्षेत्रमा मकै बालीमा हावाहुरी र पानीले क्षति पुर्याएको हो । केरुङमा २५ घर, टाप्टिङमा ३५ घर र गोरा ३० घरले लगाएको मकै बालीमा क्षति पुगेको छ ।

साविकको तिङ्ला ८ मा बुधबार आएको हावाहुरी सहितको पानीले कृषकले लगाएको मकै बाली नष्ट भएको स्थानियले बताएका छन् । तिङ्ला क्षेत्रमा गत जेठ २५ गते पनि हावाहुरीले मकै बालीमा क्षति पु¥याएको थियो । मुख्य बालीका रुपमा रहेको मकै बालीमा क्षति पुगेपछि कृषकहरु चिन्तित रहेका छन् ।

स्थानिय तहले राहतको व्यवस्थापन गर्नेुपर्ने माग गरेका छन् । यता सोलुदुधकुण्ड नगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि बाली बिमाको कार्यक्रम लागु गर्ने नीति बनाएको छ । नेचासल्यान गाउँपालिका १ को टुहुरे क्षत्रेमा पनि १० घरको मकैबालीसखाप भएको स्थानिय नवराज मगरले बताए ।

प्रतिकृया दिनुहोस्

कुवेत–काठमाडौं जोडिएको मानव तस्करीको जालो उजागर

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...