News Portal

सोलुखुम्बुमा हावाहुरीले सयौँ रोपनीको मकै सोत्तर

हिमालीसंचार संवाददाता
४३५ पटक

सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो ।

जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको तिङ्ला, गोरा, केरुङ, टाप्टिङ, रोशी लगायतका क्षेत्रमा मकै बालीमा हावाहुरी र पानीले क्षति पुर्याएको हो । केरुङमा २५ घर, टाप्टिङमा ३५ घर र गोरा ३० घरले लगाएको मकै बालीमा क्षति पुगेको छ ।

साविकको तिङ्ला ८ मा बुधबार आएको हावाहुरी सहितको पानीले कृषकले लगाएको मकै बाली नष्ट भएको स्थानियले बताएका छन् । तिङ्ला क्षेत्रमा गत जेठ २५ गते पनि हावाहुरीले मकै बालीमा क्षति पु¥याएको थियो । मुख्य बालीका रुपमा रहेको मकै बालीमा क्षति पुगेपछि कृषकहरु चिन्तित रहेका छन् ।

स्थानिय तहले राहतको व्यवस्थापन गर्नेुपर्ने माग गरेका छन् । यता सोलुदुधकुण्ड नगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि बाली बिमाको कार्यक्रम लागु गर्ने नीति बनाएको छ । नेचासल्यान गाउँपालिका १ को टुहुरे क्षत्रेमा पनि १० घरको मकैबालीसखाप भएको स्थानिय नवराज मगरले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...