News Portal

यौन दुर्व्यवहारको आरोपबारे नाना पाटेकरले मुख खोले

हिमाली संचार संवाददाता
८६० पटक

बलिउड अभिनेता नाना पाटेकर यतिबेला तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले एक सम्मानित कलाकारमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउड झस्किएको छ ।

१० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले बताएकी छन् । उनको आरोपमा अहिलेसम्म मौनता साँधिरहेका नानाले बिहीबार पहिलोपटक मुख खोले । उनले आरोप अस्वीकार गरे ।

‘त्यो बेला सेटमा करिब १ सय जना मानिसहरु थिए । यत्रो भिडभाडका बीच मैले नायिकालाई कसरी यौन दुर्व्यवहार गर्न सक्छु ?’ उनले भने । साथै उनले नायिकाविरुद्ध आफू कानूनी प्रक्रियामा जाने पनि संकेत गरेका छन् ।

यसैबीच १० वर्ष अगाडिको घटनाकी प्रत्यक्षदर्शी एक पत्रकारले नायिकाले दिएको अभिव्यक्ति सही भएको बताएकी छन् ।

जेनिस सिकेरिया नाम गरेकी पत्रकार टि्वटरमा लेख्छिन्, ‘कतिपय पुराना घटना पनि मस्तिष्कमा ताजा रहन्छन् । यो पनि त्यस्तै एउटा घटना हो । त्यतिबेला म फिल्मको सुटिङ स्थलमा नै थिएँ । आज तनुश्री जे भनिरहेकी छन्, मलाई त्यही बेला अनौपचारिक रुपमा भनेकी थिइन् । उनी मसितको कुराकानीमा खुब रोएकी थिइन् ।’

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...