News Portal

यौन दुर्व्यवहारको आरोपबारे नाना पाटेकरले मुख खोले

हिमाली संचार संवाददाता
९२२ पटक

बलिउड अभिनेता नाना पाटेकर यतिबेला तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले एक सम्मानित कलाकारमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउड झस्किएको छ ।

१० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले बताएकी छन् । उनको आरोपमा अहिलेसम्म मौनता साँधिरहेका नानाले बिहीबार पहिलोपटक मुख खोले । उनले आरोप अस्वीकार गरे ।

‘त्यो बेला सेटमा करिब १ सय जना मानिसहरु थिए । यत्रो भिडभाडका बीच मैले नायिकालाई कसरी यौन दुर्व्यवहार गर्न सक्छु ?’ उनले भने । साथै उनले नायिकाविरुद्ध आफू कानूनी प्रक्रियामा जाने पनि संकेत गरेका छन् ।

यसैबीच १० वर्ष अगाडिको घटनाकी प्रत्यक्षदर्शी एक पत्रकारले नायिकाले दिएको अभिव्यक्ति सही भएको बताएकी छन् ।

जेनिस सिकेरिया नाम गरेकी पत्रकार टि्वटरमा लेख्छिन्, ‘कतिपय पुराना घटना पनि मस्तिष्कमा ताजा रहन्छन् । यो पनि त्यस्तै एउटा घटना हो । त्यतिबेला म फिल्मको सुटिङ स्थलमा नै थिएँ । आज तनुश्री जे भनिरहेकी छन्, मलाई त्यही बेला अनौपचारिक रुपमा भनेकी थिइन् । उनी मसितको कुराकानीमा खुब रोएकी थिइन् ।’

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...