News Portal

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार, स्थानीय तहमा लागू गरिने

“संखुवासभाको तीन स्थानीय तहमा पढाई हुने”

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ ।

लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विभिन्न विद्यालयहरुमा लागू हुने भएको हो । लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहहरुमा रहेको छ ।

लोहोरुङ राई समाजले स्थानीय तहसंग आवश्यक समन्वय गरी सरकारी विद्यालयहरुमा लोहोरुङ भाषाको पाठ्यपुस्तक लागू गर्ने भएको हो । लोहोरुङ मातृ भाषाको पुस्तकका लेखक दिवस लोहोरुङ राईले स्थानीय तहसंग समन्वय गरेर विभिन्न सरकारी विद्यालयहरुको छनोट गरी लोहोरुङ भाषाको पढाइ सुरु गरिने हिमालीसंचार डटकमसंग बताए ।

स्थानीय तहहरुको आर्थिक सहयोगमा लोहोरुङ राई समाजले तयार पारेको पाठ्यपुस्तक मातृभाषा विषयको रुपमा तयार पारिएको हो । पाठ्यपुस्तक तयार पार्नका लागि लोहोरुङ राई समाजलाई प्रा.डा. तारामणि राईले प्राज्ञिक सहयोग गरेका थिए ।

प्रा. डा. तारामणि राईका अनुसार; २८ वटा भाषिक राईहरुमध्ये लोहोरुङ राई कम जनसंख्या रहेको राईभित्र पर्दछन् । विस २०६८ सालको जनगणना अनुसार नेपालमा लोहोरुङ भाषाको वक्ता ३ हजार ७ सय १७ मात्र रहेको उल्लेख गरिएको छ । लोहोरुङ राई भाषाको वक्ता भन्दा लोहोरुङ राईहरुको जनसंख्या कम देखिएको छ ।

लोहोरुङ मातृ भाषाका लेखक दिवस राईका अनुसार “स्थानीय गाउ परिवेशमा गैरलोहोरुङहरुले समेत लोहोरुङ भाषा बोल्नाले लोहोरुङ भाषाको वक्ताको संख्या बढी भएको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...